प्रस, सिम्रौनगढ, २७ वैशाख/

सीमावर्ती भारतको घोडासहन बजारमा कोरोनासम्बन्धी मापदण्डको पालना नगरेको कसूरमा एउटा पसल सिल गरिएको छ। घोडासहनको मुख्य बजारमा रहेको आलोक रेडिमेड पसलमा स्थानीय प्रशासनले सिल गरेको बताइएको छ। अञ्चल अधिकारीको सहयोगमा प्रहरीले सो रेडिमेड पसलमा सिल लगाएर कोरोना रोग सङ्क्रमणसम्बन्धी मुद्दामा कारबाई अगाडि बढाएको स्थानीय राहुल कुमारले प्रतीकलाई बताए। यसैगरी, सोही कसूरमा घोडासहननजीक रहेको ननौरा र लौखामा सुनचाँदी पसल र कपडापसलमा पनि सिल गरिएको बताइएको छ। स्थानीय प्रशासनले पसल सञ्चालनसम्बन्धी तोकेको मापदण्डविपरीत पसल सञ्चालन भएको पाइएपछि पसल सिल गरेर कारबाई प्रक्रिया अगाडि बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here