प्रस, ठोरी, २७ वैशाख/
ठोरी गाउँपालिका–३ रामनगरमा भालुको आक्रमणबाट एकजना वृद्ध दम्पती घाइते भएका छन्।
सोमवार दिउँसो करीब १२ बजे घरनजीकै रहेको रामबुद्ध सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६२ वर्षीय हरिलाल पकवाल र उनकी ५६ वर्षीय पत्नी विष्णुमाया पकवाल भालुको आक्रमणबाट घाइते भएको गृष्म आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बस्नेतले बताए।
घाँस काटिरहेको बेला एक्कासि भालुले आक्रमण गर्दा ६२ वर्षीय पकवालको औंला र तिघ्रामा चोट लागेको छ भने उनकी पत्नीको पनि हातमा चोट लागेको छ। घाइते दुवैजनालाई सेढवास्थित क्लिनिकमा उपचारपश्चात् घर लगिएको बस्नेतले जानकारी दिए।