प्रस, पर्सागढी, २६ वैशाख/

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि त्यसको असर पर्सागढी नगरपालिकामा परेको थिएन।

बजार खुला हुन्थ्यो, भीडभाड हुने गरी क्रियाकलापहरू भइरहेका थिए। तर शनिवार एकै दिन दुईजनाको र त्यसअघि एकजनाको गरी तीनजना सङ्क्रमितको मृत्यु भएपछि आइतवारदेखि यहाँ सन्त्रास फैलिएको छ। बजारका पसलहरू बन्द भएका छन्। सडकमा हिंड्डुल छैन। भीडभाड हुने गरी कुनै पनि गतिविधि हुन छाडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here