प्रस, पोखरिया, २४ वैशाख/
पोखरिया नगरपालिकाले ८ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ।
नगरप्रमुख दीपनारायण रौनियारले जिल्ला अस्पताल पोखरियामा ८ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको बताए। उनले कोभिडका सामान्य बिरामीलाई आइसोलेशनमा राखेर निश्शुल्क उपचार गरिने जानकारी गराए।
यसैबीच, लामो समयदेखि जेनेरेटरको अभाव झेलिरहेको पोखरिया अस्पतालमा जेनेरेटर जडान भएको छ। नगरप्रमुख दीपनारायण रौनियारले पोखरिया अस्पतालमा जेनेरेटर जडान भएको र सेवा सुचारु भएको बताए। उनले अस्पतालमा ल्याब र एक्स–रे सेवा विद्युत् अवरोध हुँदा प्रभावित हुने गरेकामा जेनेरेटर जडानपछि सो सेवा नियमित सञ्चालनमा आउने बताए।