काठसहित एकजना पक्राउ

प्रस, पंचगावाँ, २४ वैशाख/

                सखुवाप्रसौनी गाउँपालिका–३ कटैयाबाट २ थान काठसहित एकजनालाई पक्राउ गरिएको छ।

                वैशाख २२ गते पाँच थान काठ तस्करी गर्ने क्रममा फरार भएका पोखरिया नगरपालिका–९ सिमरबारी बर्वा बस्ने हस्मोद्दीन देवानलाई सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीले पक्राउ गरेको सुबेदार प्रदीप तिमल्सिनाले बताए। देवानलाई गएराति २ थान सालको काठ र साइकलसहित पक्राउ गरी अनुसन्धानको लागि डिभिजन वन कार्यालय पर्सा पठाएको रेन्जर कपिलदेव यादवले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्