चिरञ्जीवी सापकोटा, ठोरी, २४ वैशाख/

                ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल बिओपीको पहलमा सीमा निगरानी समिति गठन गरिएको छ।

                वडाध्यक्ष किशोर तामाड्ढो अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो। समितिले अन्तर्राष्ट्रिय सीमामा हुने कोभिड–१९ सम्बन्धी समस्या समाधान तथा व्यवस्थापनको निम्ति सुरक्षा निकायलाई सहयोग पु–याउन सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाको सक्रियतामा वडाध्यक्ष तामाड्ढो अध्यक्षतामा समिति गठन गरेको हो।

                समितिको बैठकले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, सुरक्षा निकायलाई सहयोग पु–याउन, कोभिड नियन्त्रणका लागि स्थानीयस्तरमा क्वारेन्टाइन निर्माण गर्न, नाकाबाट प्रवेश गर्नेहरूलाई एक हप्ता होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताइएको छ।

                समितिमा वडाध्यक्ष रामप्रकाश कुँवर, सप्रनानि जीतबहादुर बल, प्रसनि सुरेश साह, चिरञ्जीवी सापकोटा, विष्णु विष्ट, दिनाराज तिमल्सिना, मीना गिरी र शान्ति श्रेष्ठ सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here