प्रस, वीरगंज, २३ वैशाख/

                वीरगंजमा थप छजना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

                नारायणी अस्पतालमा गएराति एकजना र आज बिहान पाँचजनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए।

                मृत्यु हुनेमा वीरगंज–४ बिर्ताका ७० वर्षीय र रौतहट, गौर नगरपालिका–२ का ५४ वर्षीय पुरुष रहेका छन्। वैशाख १९ गते भर्ना भएका वीरगंजका सङ्क्रमित बुधवार राति ११ः३५ बजे श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको थियो भने वैशाख २१ गते भर्ना भएका गौरका सङ्क्रमितको बिहीवार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दासले जानकारी गराए। अस्पताल आएकै दिन दुवै बिरामी एन्टिजेन परीक्षणबाट सङ्क्रमण पुष्टि देखिएका थिए।

                कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैजनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा दासले बताए। रौतहटका सङ्क्रमितमा कुनै दीर्घ रोग थिएन भने वीरगंजका सङ्क्रमित पहिल्यैदेखि श्वासप्रश्वाससम्बन्धी रोगले पीडित थिए।

                यसैगरी, रौतहट, फत्तेपुर–६ की ६० वर्षीया महिलाको बिहीवार बिहान सवा ११ बजे निधन भएको छ। हिजो उनी भर्ना भएकी थिइन्। एन्टिजेनबाट उनी सङ्क्रमित पुष्टि भएकी थिइन्। दुवैको मृत्यु कोभिड निमोनियाको कारण दुवै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या भएर भएको जनाइएको छ।

                यसैगरी, पर्साको जगरनाथपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको बिहीवार साढे ११ बजे मृत्यु भएको छ। वैशाख १५ गते अस्पताल भर्ना भएका उनलाई एन्टिजेनबाट सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।

                बहुदरमाई नगरपालिका–२ विश्रामपुर निवासी ४६ वर्षीया महिलाको बिहीवार दिउँसो पौने ५ बजे निधन भएको हो। एन्टिजेनबाट सङ्क्रमित देखिएपछि उनी हिजो अस्पताल भर्ना भएकी थिइन्।

                योसँगै नारायणी अस्पतालमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ  भने वीरगंजका विभिन्न अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। नारायणी वयोधा अस्पताल, नेशनल मेडिकल कलेजको कोरोना विशेष अस्पताल र वीरगंज हेल्थकेयरमा मृत्यु भएको हो।

                नारायणीमा मृत्यु हुने ३७ जनामध्ये २४ जना पर्साका, बाराका ६, रौतहटका पाँच र सर्लाहीका दुईजना छन्।

१९२ को जाँच, १५१ जना सङ्क्रमित

वीरगंजमा गरिएको पिसिआर र एन्टिजेन परीक्षणबाट थप १५१ जना नयाँ सङ्क्रमित थपिएका छन्। बुधवार राति आएको नतीजा अनुसार १९२ जनाको परीक्षण गर्दा १३२ जनालाई पिसिआर माध्यमबाट र १९ जनालाई एन्टिजेन विधिबाट गरी कुल १५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। जसमा ९५ पुरुष र ५६ महिला रहेका छन्। ६ देखि ८८ वर्ष उमेर समूहका पिसिआर सङ्क्रमित आएकाहरूको सिटी भ्यालू १४ देखि ३४.९ रहेको छ। सङ्क्रमित हुनेमा पर्साका १०९, बाराका ३०, सर्लाहीका ७ र रौतहटका ५ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here