प्रस, वीरगंज, २३ वैशाख/
जिल्लास्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समितिको बैठक समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भयो।
बैठकले महानगरमा कबाड सामान सङ्कलन गर्ने बालबालिकाहरूको लागि दिगो संरक्षणको लागि वीरगंज महानगरलाई पत्राचार गर्ने, जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिडको तथ्याङ्कको लागि मासिक दुईपटक जानकारी लिने, पर्साको संरक्षण क्षेत्रमा काम गर्ने सेवाप्रदायक संस्थाको नक्शाङ्कनको कार्य गर्न दिव्य युवा क्लबलाई जिम्मेवारी दिने, कोभिड मनसुनको पूर्वतयारी एवं प्रतिकार्य योजना मस्यौदा समिति प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको संयोजकत्वमा तयार गर्ने निर्णय गरेको छ।
समितिमा रेडक्रसलगायतका संस्थाहरू छन्। बैठकमा ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवान, युनिसेफका कामदेव खनाल, दिव्य युवा क्लबका रामाकान्त कुर्मी, नेपाल रेडक्रस सोसाइटी पर्साका शैलेन्द्र चौरसियालगायतको सहभागिता थियो।