प्रस, जनकपुरधाम, २१ वैशाख/

                प्रदेश २ सरकारले प्रदेशका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ।

                मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिराहा, जलेश्वर, मलङ्गवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ।

                थप गरिएका दरबन्दीहरूमा अस्पतालले आवश्यकताको आधारमा तुरून्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

                यसैगरी बैठकले कोरोना महामारी नियन्त्रण गर्न प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी दिंदै फोकल मन्त्री निर्धारण गरेको छ।

                सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिराहाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय र बारा/पर्साका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here