उपचार नपाएर परियारको मृत्यु

0

प्रस, जनकपुर, २१ वैशाख/

                उपचार अभावमा एकजना बिरामीको धनुषामा मृत्यु भएको छ। ज्वरो र रूघाखोकीबाट चार दिनदेखि ग्रसित बटेश्वर गाउँँपालिका–४ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको मङ्गलवार बिहान बटेश्वर बजारस्थित आरपी मेडिकल हल अगाडि मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ।

                सोमवार राति श्वासप्रश्वासमा समस्या आएपछि आरपी मेडिकल हलका सञ्चालक सुबोध साहले उनलाई प्रादेशिक अस्पताल जनकपुर जान सुझाव दिएका थिए। सोमवार राति ८ बजे साहले एम्बुलेन्स मगाएका थिए। तर प्रादेशिक अस्पताल जनकपुरमा आइसियु शय्या खाली नरहेको भन्दै फर्काइदिएको एम्बुलेन्स चालक रामबाबू महतोले बताए।

                त्यसपछि परियारलाई एम्बुलेन्सचालक साहले जनकपुरको जानकी हेल्थ केयर र रामजानकी अस्पताल पु–याए  तर त्यहाँ आइसियुमा भर्ना हुन अस्पतालले मागेजति पैसा नहुँदा परियारले एम्बुलेन्सचालक साहलाई घर पु–याइदिन भनेका थिए। एम्बुलेन्स चालक साहका अनुसार परियारलाई जनकपुर लाने बेला श्वासप्रश्वासमा समस्या थियो। मैले एम्बुलेन्समा अक्सिजन लगाइदिएको थिएँ। प्रादेशिक अस्पतालले भर्ना लिएन। त्यहाँबाट केही निजी हस्पिटल पनि पु–याएँ। तर पहिला पैसा डिपोजिट गर्नुपर्छ भनेपछि उनले घरमैं फर्काउन र आरपी मेडिकल हलमा राख्न भने।

                परियारको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बटेश्वरले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here