प्रस, वीरगंज, २० वैशाख/

                बारा, महागढीमाई नगरपालिका–६ पत्थरहटी निवासी रामकिशोरप्रसाद यादवले स्व पिता शिवशङ्कर यादवको स्मृतिमा ४० लाख मूल्यबराबरको जग्गा विद्यालयलाई दान गरेका छन्।

                रामकिशोर यादव पेशाले शिक्षक हुन् र उनी हाल वीरगंजको ज्ञानज्योति माविका प्रअ हुन्। सोमवार एक कार्यक्रमबीच उनले नगरप्रमुख उपेन्द्र यादवलाई बुबाको नामबाट विद्यालय स्थापनाको लागि सो जग्गा हस्तान्तरण गरेका हुन्। जग्गामा आजै शिवशङ्कर आधारभूत विद्यालय भवन निर्माणको लागि नगरप्रमुखले शिलान्यास गरेका हुन्।

                कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेश यादव, जिविसका पूर्वसभापति प्रयाग यादव, रामाशिष यादव, अनिरुद्र यादव, अरुण यादव, विजय यादव, विद्यालयका प्रअ महेन्द्र यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here