प्रस, वीरगंज, १९ वैशाख/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले आइतवार १४५ जना सङ्क्रमित पुष्टि गरेको छ ।

हिजो शनिवार सङ्ढलन गरिएका १९२ वटा स्वाबको पिसिआर परीक्षण गर्दा आज आइतवार बिहान १४५ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए ।

सङ्क्रमित पुष्टि हुनेमा पर्साका १०९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३ र महोतरीका १ जना छन् ।
यिनीहरूमध्ये ३० जना महिला र ११५ जना पुरुष छन् ।
सङ्क्रमितहरूको उमेर १८ देखि ६८ वर्षसम्म रहेको प्रवक्ता डा दासले बताए । सङ्क्रमितहरूको सिटी भ्यालू १४.५ देखि ३४.८ सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here