प्रस, वीरगंज, १८ वैशाख/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शनिवार १९३ जना थप सङ्क्रमित पुष्टि गरेको छ। अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले वैशाख १७ गते २८० जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गर्दा शनिवार बिहान १९३ जना सङ्क्रमित पुष्टि भएको बताए। उनले सङ्क्रमित हुनेमा पर्सा जिल्लाका १५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनका २ र नवलपरासी, धनुषा, बर्दियाका १/१ जना रहेको बताए।
सङ्क्रमित हुनेमा ५७ जना महिला र १३६ जना पुरुष रहेका छन् भने उनीहरूको उमेर अढाई वर्षदेखि ७७ वर्षसम्म रहेको उनले बताए। शनिवार बिहान सङ्क्रमित पुष्टि हुनेहरूमा सिटी भ्यालू १३.१ देखि ३५.१ सम्म रहेको प्रवक्ता डा दासले बताए।