वृक्ष हाम्रा मित्र समान हुन्, यिनले हामीलाई जीवनोपयोगी निकै साधन प्रदान गर्दछन्। वृक्षको सान्निध्य हाम्रो ध्यान साधनामा पनि सहायक हुन्छ। वृक्षले हामीलाई आफ्नो जीवनबाट थरीथरीका सत्प्रेरणा दिन्छ। यदि हामीले वृक्षसँग मैत्री ग–यौं, त्यसलाई आफ्नो मित्र बनायौं भने निश्चितरूपले हामी तिनको संवेदना महसूस गर्न सक्छौं र आफ्नो संवेदना तिनीहरूसम्म पु–याउन सक्छौं। वृक्षहरूसँग मैत्री एक किसिमले प्रकृतिका साथ जीवनको सामञ्जस्य र तालमेलको प्रतीक हो, जसले हाम्रो जीवनलाई सहज र प्राकृतिक बनाउँछ तथा कृत्रिमता र बनावटीपनबाट टाढा राख्छ।

      मैत्री आफैंमा एउटा गहन भाव हो। मैत्री–भावले हामीलाई कैयौं दुर्गुणबाट अर्थात् ईष्र्या, द्वेष र वैमनस्यजस्ता अनेक दोषहरूबाट मुक्त पार्छ र हाम्रो चेतनालाई अनन्त विस्तार दिन्छ। यदि मैत्री अबाध र अबाधित रह्यो, मैत्रीमा कुनै बाधा भएन भने हामी पाउनेछौं कि मैत्रीको परिधि बढि नै रहन्छ। अनि सबैथोक आफ्नो लाग्न थाल्दछ। जब महर्षि पतञ्जलि यम–नियमको सूत्र बताउँछन्, अनि अहिंसाबारे भन्दछन्–

अहिंसाप्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः।।

(पा.यो.सू.२/३५)

      अहिंसाभाव पूर्णतया दृढ स्थितिमा पुगेपछि त्यस व्यक्तिको समीपका सबै मानिस वैर गर्न बिर्सन्छन्, तब उसका वरिपरि, त्यस सन्निधिमा कोही पनि वैरपूर्ण रहँदैन। सबै प्रेमपूर्ण रहन थाल्छन्, मैत्रीपूर्ण हुन थाल्छन्। राम्ररी विचार गरेर हेर्ने हो भने हाम्रो जीवनमा पीडा, हाम्रो जीवनमा समस्याको कारण यही हो कि हामीभित्र मैत्रीभाव कमजोर छ। मैत्री गर्न हामीलाई सङ्कोच हुन्छ, मैत्री गर्दा हामीलाई कहीं थोरै द्विविधा हुन्छ, असमञ्जस हुन्छ र शत्रुता चाहिं हामी सरलताले गरिलिन्छौं। बडो तत्परतापूर्वक, बडो सहजताका साथ हामी शत्रु बनाइलिन्छौं, तर त्यति नै सहजताले आफ्नो मित्र बनाउन सक्दैनौं।

      पुराण कथाहरूमा, संस्कृतका काव्यहरूमा, नाटकहरूमा जति पुरातन कथाहरू छन्–ती सबैमा जब ऋषिहरूका, उनका आश्रमहरूका वर्णन हुन्छन्, ती वर्णनहरूमा सबैभन्दा बढी वर्णन मैत्रीभावको हुन्छ। कसरी ? जीवजन्तु परस्पर ऋषिहरूका आश्रममा मैत्रीभावले बस्दथे। अभिज्ञानशाकुन्तलम् कालिदासको कालजयी काव्य हो। यस काव्यमा शकुन्तलाको वर्णन छ र शकुन्तलाका साथै महर्षि कण्वको आश्रमको पनि वर्णन गरिएको छ।

      महर्षि कण्वको आश्रम कस्तो थियो ? त्यसबारे कालिदास भन्दछन् कि ऋषि कण्वको आश्रममा जुन वैर गर्ने जीव–जन्तु थिए, ती पनि प्रेमले, मैत्रीभावले बस्दथे। त्यहाँ मैत्री नै मैत्री थियो। एक अर्कासँग सबै मित्रतापूर्ण ढङ्गले बस्दथे। आपसमा प्रेमको, शान्तिको, अहिंसाको र मैत्रीको वातावरण थियो। सर्प, न्याउरीमुसा, मयूर र सर्प, यस्ता जीवजन्तु जसमा द्वेष, वैर स्वाभाविक हुन्छ, ती पनि आश्रममा महर्षिको साधनाका प्रभावले प्रेमपूर्वक बस्दथे र जसभित्र थोरै पनि भाव सघन थियो, तिनको प्रेम छचल्किन्थ्यो, उम्लन्थ्यो।

      जब शकुन्तला बिदा हुन थालिन्, ऋषि कण्वको आश्रमबाट ससुराली जान थालिन्, तब कसरी वृक्ष, लताहरू उनलाई अँगालो हाल्न थाले। हरिण, खरायो, त्यहाँका पशुपक्षी कसरी उनलाई माया दिन आउन थाले। यस प्रकार मैत्रीको एउटा बडो प्रगाढ वातावरण ऋषि कण्वको आश्रममा थियो–यस्तो कवि कालिदास भन्दछन् अभिज्ञान शाकुन्तलम्मा।

      मैत्रीभावले हामीलाई सहज नै निश्चिन्त बनाउँछ। मैत्रीभावले हामीलाई सहज चिन्तामुक्त बनाइदिन्छ, भयमुक्त पार्छ, कहाँसम्म भने भयप्रदाता वातावरणलाई पनि प्रेम प्रदान गर्ने बनाइदिन्छ। हामी कल्पना गरौं, जब पुरातनकालमा ऋषि–महर्षिहरू तपश्चर्या गर्दा होलान्, घोर अरण्यमा, भीषण वनमा, के त्यहाँ भीषण हिंस्र जीवजन्तु नहुँदा हुन् ? पक्कै हुँदा हुन्। जब साधना गर्दा होलान्, तप गर्दा होलान्, तब के वानमा रहने दस्यु र हिंसक मानिस त्यहाँ नरहँदा होलान् ? रहँदा होलान्। तर ती पनि उनका साथ प्रेमपूर्ण भएर रहँदा होलान्।

      प्रेम र मित्रता एक किसिमले ईश्वरीय भाव हो। यिनले मानिसलाई देवत्वले आप्लावित गरिदिन्छन्, ईश्वरत्वले परिपूर्ण पारिदिन्छन्। जब मुटु ठूलो हुन्छ, मन विशाल हुन्छ अनि त्यसमा मित्रता प्रस्फुटित हुन्छ, मित्रता अङ्कुरित हुन्छ। मन जति स्वार्थले, जति अहङ्कारले घेरिएको हुन्छ, त्यतिकै त्यसमा सबैप्रति शङ्का, संशय भइरहन्छ, सद्भाव हुँदैन।

      वृक्षसँग मैत्री एउटा प्रतीक हो कि हामी प्रकृतिका साथ, अस्तित्वका साथ–सम्पूर्णताका साथ, सहजीविताका साथ जिउन चाहन्छौं र यसका साथै हाम्रो भाव व्यापक हुँदै जान्छ। त्यसै पनि हामी हेरौं भने वृक्षमा अनेक यस्ता गुण हुन्छन्, जुन एउटा ध्यान गर्ने व्यक्तिमा हुनुपर्छ। जस्तै वृक्षको पहिलो गुण हो– स्थिरता। वृक्ष स्थिर रहन्छन्, यताउति गर्दैनन्। यदि हामी भनौं कि सबैभन्दा बढी आसन कसलाई सिद्ध भयो, आसनसिद्ध को हो ? त्यो वृक्ष हो, जुन एकदम स्थिर उभिइरहन्छ। वृक्षको दोस्रो गुण हो–शान्ति, जुन एउटा ध्यान साधकमा हुनुपर्छ। वृक्ष कहिले पनि अशान्त र उत्तेजित हुँदैनन्, शान्त रहन्छन्। वृक्ष्Fको तेस्रो गुण हो– ऊध्र्वगामिता। वृक्षहरूको चेतना हमेशा ऊध्र्वगामी हुन्छ, वृक्ष हमेशा मास्तिर बढ्छ। यसैगरी, ध्यान साधकको पनि चेतना ऊध्र्वगामी हुनुपर्छ। जसको चेतना र चेतनता निम्नगामी र अधोगामी हुन्छ, त्यस व्यक्तिले ध्यान गर्न सक्दैन।

      वृक्ष्Fहरूको चौथो गुण हो– प्रकाश धारण गर्ने क्षमता। वृक्षहरूबारे सोधियो कि के खान्छन्, तिनको भोजन के हो, तिनलाई जीवन कसरी प्राप्त हुन्छ भने प्रकाशको माध्यमले। वृक्षले प्रकाश ग्रहण गर्दछन्, प्रकाश नै तिनको पोषणको कारण बन्दछ। कसरी ? यो कुरा त आजको विज्ञानले पनि स्वीकार गर्न थालेको छ कि प्रकाशको सहायताले वृक्षले क्लोरोफिल बनाउँछ र क्लोरोफिलले तिनलाई पोषण दिन्छ। जति पोषण वृक्षले जराबाट प्राप्त गर्दछन्, त्यति नै पोषण प्रकाशबाट पनि प्राप्त हुन्छ। प्रकाश धारण गर्ने क्षमता, प्रकाश ग्रहण गर्ने क्षमता वृक्षमा सबैभन्दा बढी हुन्छ। यसै प्रकार साधक त्यही हो, जो कुनै पनि वातावरणबाट, कहींबाट पनि प्रकाश ग्रहण गर्न सक्छ, प्रकाश धारण गर्न सक्छ।

      यसपछि वृक्ष्Fहरूको जुन गुण हो, त्यो हो– वृक्ष आफ्नो प्रसन्नता लच्किएर, एउटा अद्भुत नृत्य गरेर अभिव्यक्त गर्दछन्। लचकपूर्ण प्रसन्नता वृक्षहरूको अघिल्लो गुण हो, जुन ध्यानका साधकमा हुनुपर्छ। ध्यानका साधकमा जब अहोभाव हुन्छ, जब महाभाव प्रकट हुन्छ, जब चेतना परिष्कृत हुन्छ, शुद्ध हुन्छ, तब उसको प्रसन्नताको प्रकटीकरण हुन्छ, जुन वृक्षमा सहज स्वाभाविक हुन्छ।

      वृक्षहरूको छैटौं गुण हो– शीतल छाया, पूर्ण उदारतापूर्वक। यस्तो होइन कि वृक्षले आफ्नो शीतल छाया प्रदान गर्न भेदभाव गर्दछन्, अपितु सबैलाई समान भावले शीतल छाया दिन्छन्। त्यसलाई पनि शीतल छाया प्रदान गर्दछन्, जसले उनीहरूलाई नोक्सान पु–याउने चेष्टा गर्दछ। यसका साथै वृक्षको अर्को गुण हो– आश्रय प्रदान गर्नु। वृक्षले सहजरूपमा सबैलाई आश्रय प्रदान गर्दछन्। वृक्ष्Fको छायामा कसैले पनि विश्राम गर्न सक्दछ, तिनका हाँगाहरूमा अनेकौं पक्ष्Fीले विश्राम गर्दछन्। तिनको छायामुनि पशु विश्राम गर्दछन्, मानिस विश्राम गर्दछन्। यस प्रकार वृक्षहरू र तिनको हाँगाहरूको छाया, आफैंमा आश्रयदाता हुन्।

      वृक्षहरूमा यी केही यस्ता गुण छन्, जुन ध्यान साधकमा, जो तपस्या गर्छ, त्यस व्यक्तिमा हुनुपर्छ। जो शान्तिबाट वञ्चित छन्, ती साधना गर्न सक्दैनन्। एउटा अशान्त र उत्तेजक व्यक्ति ध्यान गर्नै सक्दैन। जो स्थिर छैन, अस्थिर छ, ऊ साधना गर्न सक्दैन। कसरी साधना गर्छ ? जसको स्वयंमा आसन नै सिद्ध भएको छैन, उसले साधना कसरी गर्छ ? एउटा स्थिर व्यक्तिले मात्र साधना गर्न सक्छ र जसको चेतना ऊध्र्वगामी छैन, ऊ त ध्यानमा बस्नै सक्दैन।

      अधोगामी, निम्नगामी चेतनाको व्यक्ति ध्यान गर्न सक्दैन, उसबाट ध्यान हुन सक्दैन र जो तमसो मा ज्योतिर्गमय, तमस्बाट प्रकाशतिर जाँदैन, जसले प्रकाश धारण गर्न सक्दैन, प्रकाशलाई ग्रहण गर्न सक्दैन, उसले ध्यान पनि गर्न सक्दैन। र ध्यान पाक्छ, ध्यान फल्छ, ध्यान सिद्ध हुन्छ, ध्यान रम्छ, ध्यान प्रगाढ हुन्छ भने लचकदार प्रसन्नताको रूपमा नै अभिव्यक्त हुन्छ। यसै प्रकार वृक्ष लच्किन्छन् प्रसन्नतामा।

      प्रसन्नतामा झुमिरहेका वृक्ष आफ्नो प्रकृति अनुसार केही न केही लुटाउँछन्। जो फलदार छन्, तिनले फल लुटाउँछन्स जो पुष्प भएको वृक्ष छन्, तिनले पुष्प लुटाउँछन् र जसले पुष्प तथा फल लुटाउन सक्दैनन् तिनले छाया त लुटाउँछन्, लुटाउँछन्। आनन्द लुटाउँछन् वृक्षले। आफ्नो सबै समर्पित गरिदिन्छन् वृक्षले त्यस प्रसन्नताको क्षणमा।

      वृक्षहरूसँगको मैत्री बडो अद्भुत हुन्छ, किनकि वृक्ष सबैसँग मैत्री गर्दछन्। शत्रुताको भाव प्राणीहरूमा हुन्छ, वृक्षहरूमा हुँदैन। जीवजन्तु एकअर्कासँग वैरभाव राख्छन्, मानिस एकअर्कासँग वैर गर्छन्। सिंह, चितुवा र अरू पनि प्राणी एकअर्कासँग वैर गर्छन् तर वृक्ष त मात्र मैत्री गर्न जान्दछन्। तिनको शीतल छाया सबैका लागि हो र विनाभेदभाव सबैलाई आश्रय दिन्छन्, यस प्रकार आश्रयदाताका रूप हुन्– वृक्ष।

      यदि भन्नैप–यो भने सबैभन्दा ठूलो साधक को त वृक्ष्F भन्नैपर्छ। एउटा साधकले यदि कसैसँग केही सिक्न सक्छ, जान्न सक्छ, ग्रहण गर्न सक्छ कि साधना कसरी गरिन्छ ? साधनाको प्रक्रिया के हो ? साधनाका गुण के हुन् र साधकको सम्पत्ति के हुन्छ ? सबैभन्दा पहिले वृक्षको छायामा बसेर यसलाई अनुभव गर्न सक्छ, वृक्षहरूको सान्निध्यमा नै यसलाई जान्न सक्छ।

      वृक्षहरूसँग मैत्री, वृक्षहरूसँग तादाम्य, वृक्षहरूसँग सहजीविताले मानिसलाई साँच्चीको साधक बनाइदिन्छ। त्यसैले वृक्षहरूसँग मैत्री बडो पवित्र र यस्तो अहोभाव हो, जसले मानिसको ध्यान प्रगाढ बनाउँछ।

      वृक्षहरूका साथ प्रकृतिले यस प्रकारले हाम्रो सहजीविता बनाएको छ। त्यो विषाक्त हावा जुन हामी फ्याँक्दछौं, वृक्षले त्यसलाई पुनः जीवनदायी हावामा परिवर्तित गरिदिन्छ। मानिसले कार्बन–डाइआक्साइड फाल्दछ र वृक्षले त्यसलाई अवशोषित गरेर बदलामा आक्सिजन दिन्छ। वृक्ष्Fको रूपमा प्रकृतिले हामीलाई धेरै कुरा प्रदान गर्दछ, जस्तै– भोजन, वस्त्र, काठ, इन्धन आदि।

      आज वृक्ष्Fहरूसँग मित्रता गुमाएको कारण नै जीवनमा सङ्कट आएको हो। वृक्षहरूसँग मैत्री साधक गुण त छ नै, जीवनको पनि गुण छ। पुरातनकालमा, ऋषिकालमा, वेदकालमा वृक्ष्Fहरूमा हामी देवी–देवताको वास हुन्छ भन्ने मान्दथ्यौं, प्रकृतिको सूक्ष्मशक्तिहरूको वास रहेको मान्दथ्यौं। अहिले पनि हामी मान्दछौं कि नवग्रहका प्रतीक वृक्ष हुन्, वनस्पतिहरू हुन्। जस्तै अर्क वृक्ष सूर्यको प्रतीक हो, त्यसमा सूर्यको चेतनाको वास हुन्छ। शमी वृक्ष्Fमा शनिको चेतनाको वास हुन्छ।

      यस्तै वृक्ष, वनस्पतिहरूका साथ नवग्रहको चेतना जोडिएको हुन्छ। पीपलको रूखमा भगवान् विष्णुको वास हुन्छ र वरको वृक्षमा भगवान् शिवको वास हुन्छ, यो वृक्षले शिवत्वलाई प्रदर्शित गर्दछ। यस प्रकार बडो स्वाभाविक, बडो सघन मित्रता छ हाम्रो वृक्षहरूका साथ।

      जब हामी आध्यात्मिक कथाहरू वा पुराण कथाहरू आदि पढ्दछौं, तब हामी अधिकांशतः के पाउँछौं भने अधिकांश साधकहरूको साधना वृक्षको सान्निध्यमा सम्पन्न भएको थियो। यस्तो पनि भनिन्छ कि पीपल वृक्षको छायामुनि, पीपलमुनि ध्यान सबैभन्दा ज्यादा प्रगाढ हुन्छ। कैयौं साधकहरूको त के पनि अनुभव छ भने पीपल कुनै पनि रूपमा वरिपरि छ भने साधना छिटै सिद्ध हुन्छ। विजयकृष्ण स्वामी आफ्ना शिष्यहरूलाई सिकाउँथे कि पीपल नभए केही छैन, यदि पीपलको एउटा पत्ता पनि आफ्नो हातमा लिएर काखामा राखी ध्यान गर्दा ध्यान छिटै लाग्छ।

      भगवान् बुद्धको साधना पनि पीपलको वृक्षमुनि, पीपलको छायामा सम्पन्न भएको थियो। निरञ्जना नदी समीप पीपलको छायामा, पीपलमुनि बसेर उनले बोधिज्ञान प्राप्त गरेका थिए। यस प्रकार केही यस्ता चेतना वृक्ष्Fहरू छन्, जुन

हाम्रो समाधीमा सहयोगी छन्। जसले साधनालाई गति प्रदान गर्दछन्,

सुपथ प्रदान गर्दछन् र मार्ग प्रशस्त पार्दछन्।

      साधुहरूले, सन्तहरूले, भक्तहरूले, ध्यानीहरूले, ध्यानसिद्धहरूले आफ्नो साधना वनमा गरे, उनको साधनाको सुगन्ध वनमा फैलियो। वृक्ष्Fहरूसँग जुन  मैत्रीभाव छ, त्यसले वृक्षका साथ जीवनलाई एकाकार गर्दछ, त्यसले जड–चेतनको भेद मेटाइदिन्छ। जुन जड हो, त्यही चेतन हो। जुन चेतन हो, त्यही जड हो। जब उपनिषद्ले भन्दछ– सर्व खल्विदं ब्रह्म। सबै परमात्मा नै हो, अर्थात् जो वृक्षहरूमा छ, त्यही मानिसमा पनि छ।

      वृक्षहरू मैत्री, ध्यानको एउटा उन्नत प्रतीक हो। ध्यानको एउटा उन्नत भावना हो। यो जड–चेतनलाई एकाकार गर्ने भावना हो। प्रकृतिसँग तादाम्य जोड्ने भावना हो र यो मैत्रीभाव वृक्षहरूसँग सद्गुण अँगाल्ने भावना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here