नितेश कर्ण, वीरगंज, १७ वैशाख/
बिहीवारदेखि शुरू भएको निषेधाज्ञामा हिजो र आज गरी करीब ३ सयवटा सवारीसाधन कारबाईमा परेका छन्।

निषेधाज्ञाको अवधिमा तोकिएका सवारीसाधन मात्र सञ्चालन गर्न स्थानीय प्रशासनले आदेश दिए पनि सोविपरीत बिहीवार र शुक्रवार सवारीसाधन सञ्चालन गर्नेहरू करीब ३ सयजना कारबाईमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बिहीवार २ सयवटा सवारीसाधन र शुक्रवार ८३ वटा सवारीसाधन कारबाईमा परेको बताए।

यसैबीच, स्थानीय प्रशासनले विवाहको गाडीलाई छुट दिने निर्णय गरेको छ। बिहेको हकमा दुईवटा चार पाङ्ग्रे र दुईवटा दुई पाङ्गे सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

भारतीय सवारीसाधनलाई पनि सोहीअनुरूप सुविधा प्रदान गरिएको तर वैवाहिक कार्यक्रमको प्रमाण पेश गरेको खण्डमा भारतीय सवारीसाधन प्रयोगमा छुट दिने व्यवस्था गरेको जिप्रका पर्साका प्रउ पाण्डेले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here