प्रस, सप्तरी, १६ वैशाख/
सप्तकोशी नगरपालिकाले वैशाख २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने भएको छ।
कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढिरहेकाले नगरपालिकाबाट दिने अति आवश्यक सेवाबाहेक सबै सेवा बन्द हुने नपाले सूचना जारी गरेको छ।
नगरवासीलाई आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गर्न, भीडभाड हुने कार्य नगर्न, अनावश्यकरूपमा घरबाट ननिस्कन, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कनुपर्दा अनिवार्य मास्कको प्रयोग गर्न नपाले अनुरोध गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here