सप्तरी, १६ वैशाख/रासस
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण बिहीवार मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमवार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइरन कृष्णसवरण गाउँँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी
दिए।
ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिदैं अग्निसाइरन कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँँमा शव गाडिसकिएको बताए।