कोरोनाको दोस्रो लहर पनि आयो। प्रशासनले निषेधाज्ञा पनि लगायो। यत्ति मात्र कोरोना व्यवस्थापनका लागि पर्याप्त छैन। कोरोना व्यवस्थापनका लागि निषेधाज्ञा कुनै उपचार नै होइन। सतर्कताको एउटा बुँदा मात्र हो। किनभने कोरोनाभन्दा बढी मारक क्षमता कार्यविहीनता हो। कार्यविहीनताले देशको अर्थतन्त्रलाई धराशायी त पार्छ नै मानिसलाई मानिस भएर बाँच्ने अधिकार पनि दिंदैन। फेरि कोरोनाको अस्तित्व तत्काल समाप्त हुने अवस्था पनि देखिंदैन। यद्यपि खोप निर्माण भइसकेको छ, तर खोपको पर्याप्तता दुष्कर देखिन्छ, नेपालजस्तो मुलुकका लागि। यस हुनाले हामीले जोखिम नै जोखिमका बीच बाँच्नुपर्ने बाध्यता छ। हिजो खोप उत्पादन नहुँदा त कार्यविहीनता हटाउन कोरोनाको जोखिम हामीले मात्र होइन, विश्व समुदायले नै मोलेको थियो। आज कोरोनाविरुद्ध बाँच्ने क्ष्Fीण आस भए पनि हामीसँग छ। यसो भनिरहनुको अर्थ कुनै पनि प्रकारको राज्यप्रदत्त नियन्त्रण आवश्यक छैन भन्ने होइन, तर व्यवस्थापनमा सतर्क, विवेकशील र मानवीय संवेदनशीलता आवश्यक तत्व देखिएको छ।
सरकारले निषेधाज्ञा जारी गरि नै सकेको छ। कोरोनाको हटस्पट बनेका जिल्लाहरू निषेधाज्ञा पालनका लागि मानसिकरूपले तयार भइ पनि सकेका छन्। अहिले कोरोनाको हटस्पट तिनै जिल्ला देखा परेका छन्, जहाँ मानवीय गतिविधि उच्चस्तरमा हुन्छ। खासगरी बजार, कल–कारखाना, विद्यालय, सरकारी कार्यालयहरू घनीभूत रहेका जिल्लाहरू। यसको अर्थ आर्थिक क्रियाकलाप बढी हुने, जनजीवनका अत्यावश्यक सामग्री उत्पादन तथा खरीद–बिक्री हुने स्थान कोरोनाको हटस्पट बन्नु र यहीं निषेधाज्ञा लागू हुनुले कोरोनाबाहेक सबै गतिविधि ठप्प पारिनु हो। यसले कोरोना सञ्चरणमा प्रभाव त अवश्य पार्नेछ, तर त्यसभन्दा बढी यसले अर्थतन्त्र तहसनहस पार्नेछ र मानिसलाई कुण्ठित पार्नेछ। मानिस कुण्ठित हुनुहुँदैन, आर्थिक गतिविधिमा रोक लाग्नुहुँदैन, कुनै पनि किसिमबाट यस्तो भयो भने लाखौं निम्सरा मानिस प्रभावित हुनेछन्। अर्थतन्त्रमा आएको एक दिनको शिथिलताले महीनौं दिनसम्म अर्थतन्त्रलाई थला पार्न सक्छ। निषेधाज्ञा कति लामो हुन्छ, त्यसको अनुमान आदेश जारी गर्नेलाई पनि छैन। तीनै तहका सरकारहरू र प्रशासनले मध्यमार्ग खोज्नुपर्छ। मध्यमार्ग भनेको सानातिना, व्यक्तिगतस्तरमा हुने कार्य–व्यापारलाई जारी रहन दिनुपर्छ।
हामीले देखेका छौं गाउँ–देहातबाट हजारौंको सङ्ख्यामा मानिसहरू साइकल चढेर रापिलो घामको वास्ता नगरेर शहर–बजार आउँछन्। अहिलेको तातो पीचमा ठेला गाडा तान्न मानिसहरू शहर धाउँछन्। मानिसले रिक्शा तान्छन्। ती धन कमाउन आउँदैनन्, रोजी–रोटी कमाउन आउँछन्। तिनको क्रियाकलापमा रोक लगाउनुको अर्थ हुन्छ, तिनको परिवार भोकै बस्नु। त्यस्ताले बढीमा दुई वा चार दिन वा एक हप्ता धान्न सक्लान्, त्यसपछि उनीहरूले काम त गर्नैपर्छ। साना किसानहरू तरकारी बाली उब्जाई परिवार पाल्छन्। तिनका लागि निषेधाज्ञा अभिशाप त बन्छ नै, दैनिक हरियो तरकारी चाहिने सम्भ्रान्त वर्ग पनि प्रताडित हुन्छ। यसर्थ प्रशासनले सडकमा को मानिस घुमिरहेको छ भनेर पहरा दिनुको साटो नाका–नाकामा मास्क र परामर्शका साथ कर्मचारी खटाएर यस्ता मानिसका लागि काम गर्न पाउने वातावरण बनाइदिनैपर्छ। कोरोनाबाट लुक्न, डराउन होइन, सुरक्ष्Fित भएर सामना गर्न नागरिकलाई प्रशिक्ष्Fित पार्नैपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here