प्रस, वीरगंज, १५ वैशाख/
पर्सामा कोरोना सङ्क्रमित बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगंजमा रहेको नेशनल मेडिकल कलेज कोरोना अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ।
मन्त्रालयले स्वीकृति दिएसँगै बुधवार कोरोना अस्पतालको उद्घाटन प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संयुक्तरूपमा गरेका थिए।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी, नेपाल पत्रकार महासङ्घ, प्रदेश २ का महासचिव श्याम बन्जारालगायतको सहभागिता थियो।
यो अस्पताल १७० शøयाको हो। योसँगै नारायणी अस्पतालको ९० र नारायणी वयोधा अस्पतालको १५ सहित पर्सा जिल्लामा २७५ शøयाको कोरोना अस्पताल सञ्चालनमा आएका छन्।
यसैबीच, नारायणी अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले चैत १५ गतेदेखि हालसम्म ११३ जना नारायणी अस्पतालमा भर्ना भएको, ४१ जना निको भएको, १९ जनाको मृत्यु भएको र ४३ जना सक्रिय सङ्क्रमित उपचारको लागि अस्पतालमा भर्ना छन्। उनले अस्पतालमा हाल ४७ वटा शøया खाली रहेको जानकारी गराए।