प्रस, वीरगंज, १४ वैशाख/
शिक्षाको बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।

विश्वव्यापी कार्यसप्ताह २०२१ अनुसार पर्साको विश्रामपुरमा छलफल कार्यक्रम एनसिई नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति, पर्साको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

बहुदरमाई नगरपालिका–७ विश्रामपुरस्थित सर्वोत्तम युवा क्लबको सभाकक्षमा आयोजित कार्यक्रममा देशमा विकृति रोक्न शिक्षाको महत्वपूर्ण भूमिकाबारे छलफल भएको थियो।

त्यसैगरी, छलफलमा सबै विद्यालयमा शिक्षकहरूको मासिक बैठक बस्ने, विद्यालयको शैक्षिक गतिविधिको उपलब्धि र कमीकमजोरीबारेमा छलफल गरी निराकरणको उपाय खोज्ने, शिक्षामा लगानी गर्ने तथा विद्यालयमा पुस्तकालय, कम्प्युटरको व्यवस्था गर्ने, विद्यालयको गतिविधिबारे अभिभावक भेला गराएर जानकारी गराउने लगायतका विषयमा छलफल भएको वडाध्यक्ष जीतेन्द्र पटेलले बताए।

उनले बहुदरमाई नगरपालिकाभित्र १७ वटा विद्यालय रहेका र ती सबै विद्यालयमा यसै प्रकारको गतिविधि सञ्चालन गर्ने सहमति भएको बताए। कार्यक्रममा सञ्चालक इब्राहिम देवानले शिक्षा, परिवार र समाज देशको मेरुदण्ड भएको बताए। उनले शिक्षाबाट नै देशले विकासको गति लिने हुनाले शिक्षालाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here