प्रस, वीरगंज, १३ वैशाख/
अमेरिका निवासी भरत परियारले आमाको १३औं दिनको पुण्यतिथिमा ३५० जना दलित बालबालिका र तिनका अभिभावकलाई भोजन गराएका छन्।

जीराभवानी गाउँपालिकामा रहेको दलित बस्तीका बालबालिका र तिनका अभिभावकसमेतलाई पुण्यतिथिमा भोजन गराइएको हो। पिस फर नेपाल दलित फाउन्डेशनको सहयोगमा वडा नं ४ र ५ का २५० जना दलित बालबालिकालाई लक्षित गरेर अमेरिका निवासी भरत परियार र डिम्पल परियारले निश्शुल्क ट्युशन व्यवस्था गर्दै आएका छन्। दलित बालबालिकाहरूको शिक्षामा पहुँच पु–याउन परियारद्वयले अमेरिकाबाट निश्शुल्क ट्युशनको लागि खर्च पठाउँदै आएका फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए।

सो अवसरमा अध्यक्ष रामले दलित बालबालिकाहरूलाई शिक्षामा पहुँच बढाउन, विद्यालयमा टिकाउन र गुणस्तरीय शिक्षामा प्रोत्साहन एवं जागरूकताको लागि परियारद्वयले गर्दै आएको सहयोगको सराहना गरे। कार्यक्रममा फाउन्डेशनका चन्द्रकिशोर राम, दीपेन्द्र राम, परमानन्द राम, सुरेन्द्र राम, वडासदस्य चन्देश्वर राम र दलित अधिकार दबाब समूहका अध्यक्ष विश्वनाथ रामको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here