देशभक्त राजभक्त समूहद्वारा पूजा–हवन

0

प्रस, वीरगंज, १३ वैशाख/
देशभक्त राजभक्त समूह पर्साले पूर्वराजपरिवारका सदस्यहरूको स्वास्थ्यलाभको कामना गर्दै वीरगंजस्थित महावीर मन्दिरमा हवन, पूजा गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञीको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरअगाडि हवन, पूजा गरिएको समूहका अध्यक्ष दीपेन्द्र रौनियारले बताए। कार्यक्रममा समूहका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौबे, शम्भुप्रसाद चौरसिया, वीरेन्द्र थापा, सतीश श्रीवास्तव, अरुण विक्रम शाह, अनु राणा, खुश्बु राणा, रवि लाठ, शत्रुघ्न कानू, जगदीश कानूलगायतको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here