प्रस, वीरगंज, १२ वैशाख/
नेपाल पत्रकार महासङ्घ, पर्साको पहिलो बैठक सम्पन्न भएको छ।
नवनिर्वाचित पदाधिकारी, सदस्यहरूले आइतवार पहिलो बैठक गर्दै निर्वाचन शान्तिपूर्ण सम्पन्न गराएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।यसैगरी, बैठकले दोस्रो चरणको कोभिड महामारीमा सञ्चारकर्मीको उपचार र समस्याहरू पहिल्याउन कोषाध्यक्ष सञ्जीव मिश्रको संयोजकत्वमा ५ सदस्यीय कोभिड एक्शन कमिटी गठन गरेको छ। समितिका सदस्यहरूमा तिवारी यादव, श्याम कुशवाहा, कविता खड्का र अजय चौरसिया छन्।

बैठकले कोरोना सङ्क्रमण बढ्दै गएको र आवश्यक उपचार र परीक्ष्Fणको अभाव देखिएको कारण सबै स्थानीय तहका सरकारलाई जिम्मेवार भएर उचित व्यवस्थापन गर्न आग्रह पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here