प्रस, वीरगंज, १० वैशाख/
नारायणी अस्पतालको प्रयोगशालाले शुक्रवार थप ८६ जना सङ्क्रमित पुष्टि गरेको छ।
अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले १३९ जनाको पिसिआर परीक्षण गर्दा ८६ जना सङ्क्रमित देखिएको बताए। उनले सङ्क्रमितमध्ये पर्साका ६७, बाराका १३, रौतहटका ४ र धनुषा तथा महोत्तरीका १/१ जना रहेको बताएका छन्।
सङ्क्रमितमध्ये २३ जना महिला छन्। उनीहरूको उमेर २ देखि ८३ वर्षसम्म रहेको छ। यसैगरी, सङ्क्रमितमा १४ देखि ३४ सम्म सिटी भ्यालु रहेको डा दासले बताए।