प्रस, वीरगंज, १० वैशाख/
वीरगंज साइक्लिङ क्लबले शुक्रवार जिल्ला प्रहरी कार्यालय, पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई रु ६० हजार मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवाल, नूतन सरावगी, ऋतिक अग्रवाल, अनुप अग्रवाललगायतको सहभागितामा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे र ट्राफिक प्रहरी निरीक्ष्Fक सुमन कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष अग्रवालले दोस्रो चरणको कोरोना वीरगंजमा फैलिएसँगै अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका प्रहरी, ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए।
उनले जिप्रका पर्सालाई पिपिई किट ७ थान, सेनिटाइजर ४५ लिटर, मास्क २ हजार थान, स्टीम वकुरिजर ३० थान, सेनिटाइजर २ सय एमएलको २० थान र थर्मल गन ४ वटा गरी ५० हजार मूल्यको सामग्री तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सेनिटाइजर १० लिटर, मास्क १ हजार थान र सेनिटाइजर २ सय एमएलको ५ थान गरी करीब १० हजार मूल्यको सामग्री उपलब्ध गराएको बताए।