कोरोना पल्क्यो

0
255

मुकुन्द आचार्य

हाम्रो तराई क्ष्Fेत्रमा यौटा प्रचलित उखान यस्तो छ– ‘लोग के मरल ठिके माकिर जम के परिकर ठिक ना ह’ अर्थात् मान्छे मर्नु त कुनै अनौठो कुरा त हैन तर यमराज वा काल पल्कनु चैं राम्रो हैन।

मान्छे मर्नु भनेको यौटा स्वाभाविक प्रक्रिया हो, तर मान्छे रोगले होस् वा अन्य कुनै कारणले होस् सोत्तर भएर मर्नु चैं राम्रो हैन। यस्ता उखानको बखान गरेर साध्य छैन। तर यौटा सानो उखानभित्र ठूलो सत्य कुरो लुकेको हुन्छ। गागरमा सागर भनेको यै त हो नि !
कोरोनाको दोस्रो लहर आइपुगेको छ। हुनत हामीलाई पहिले पनि सचेत गराइएकै थियो– ल है, कोरोनाको अर्को लहर झन् घातक हुन सक्छ १ मानव हो, सावधान भव !

तर हामीले टेरपुच्छर लाएनौं। देखा जाएगा भनेर मास्क लाउनसमेत छाड्यौं। अब आयो आयु खोसेर लाने कोरोनाको मारक स्वरूप। काल महाकाल भएर आयो। कालको प्रमोशन भयो, हाम्रFे डिमोशन भयो। कीराले हीरा खाइदियो।
भारतीय रेलवे स्टेशनतिर लेखेको देखिन्थ्यो– सावधानी गई दुर्घटना हुई, सतर्क नहुँदा दुर्घटना हुने खतरा हुन्छ। यो यौटा व्यावहारिक जीवनको कटुसत्य हो। यसलाई स्वीकार्नै पर्छ, नत्र…!!

गाडी चलाउने गुरुजी (ड्राइभर)ले जाँड खाएको छ भने सवारीहरू स्वर्गीय हुने सम्भावना स्वाट्टै बढ्छ। यसै अवस्थामा अहिले हामी पुगेका हौं कि ? आ… क्यै हुँदैन भनी नीच मारेर हिंड्दा जे पनि हुन सक्छ। भइसकेपछि भुत्रो हेर्नु।

अचेल मुठीभित्र अटाउन सक्ने मोबाइलले गर्दा पनि अनेक दुर्घटना भइरहेका छन्। सेल्फी लिने लोभमा कतिले आप्mनै ज्यान फाले। यो त शुद्ध असावधानी भएन र ?

कुनै पनि हानिनोक्सानी, दुर्घटना आदिका लागि हामी सधैं अर्कालाई दोष दिन्छौं। डाक्टरहरूले सचेत गर्दागर्दै पनि हामी अचेत भइदिन्छौं। कहिलेकाहीं सानो गलतीले पनि ठूलो क्षति भोग्नुपर्ने अवस्था आउँछ। त्यस्तो नहोस्, यो कोरोना काण्डमा १ दोस्रो लहरले क्षतिको ग्राफ ह्वात्तै बढाएको छ, यो नबिर्सौं !
तपाईं तुरुन्त यी सारा कुरालाई लत्याउन सक्नुहुन्छ। सारा व्यवस्था, सावधानी हुँदाहुँदै पनि अमेरिकाका एक्स राष्ट्रपति डोनाल्ड ट्रम्पलाई, युकेका पिएम, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र अन्य अनेक ठूला हस्तीलाई पनि कोरोनाले कक्रक्क पारेकै हो। अनि हामी जस्ता झारपातको कुरै के भयो र ! भनेर घटनाको अर्को पाटो तेस्र्याउन सक्नुहुन्छ। मुखमा बुजो लगाउन।!

त्यसो त भाग्यवादी भनाइ छ, हुने हुनामी भएरै छाड्छ ! कस्ता–कस्तालाई त कोरोनाले छाडेन भने हामी कुन ड्याड्ढा मूला हौं र ! अब कुरो सकिएन त ? तर यसरी हरुवा मनोवृत्ति लिएर बाँच्न पनि सकिन्न नि !
एकजना अर्थशास्त्रीले अर्थपूर्ण भनौं कि अर्थहीन भनौं मसँग यस्तो पो भने, प्रकृतिले जनसङ्ख्याको सन्तुलन मिलाउन समय–समयमा यस्तै खाले ठूलो विनाशकारी रोग, व्याधि, युद्ध (साना–ठूला सबै) दुर्घटना गराउँछ रे ! कोरोनाले नै कैयौं लाख मान्छे सोत्तर भइसके। प्रकृतिमा पनि जुनसुकै बेला जे पनि हुन सक्छ। यसरी काल महाकाल भएर कोरोना आउँला भनेर कसैले लख काटेको थियो त ? अर्थशास्त्रीले ठीकै भन्या हो त ?

प्रकृतिसँग हामीले पनि निकै नराम्रो व्यवहार ग–यौं नि ! वायुसमेत स्वच्छ राख्न सकेनौं। अहिले आक्सिजन नपाएर सबै फœयाक फœयाक परेका छन्। जल प्रदूषित, वायु प्रदूषित, अन्न, दूध, दही, घ्यू, तरकारी, फलपूmल ! यतिमात्र हो र ? प्वाइजन (विष)समेत प्रदूषित भएपछि विष खाएर मर्ने मान्छेको स्वतन्त्रतासमेत खोसिन पुग्यो।

प्रश्न उठ्छस मान्छेले सावधानी राख्नुबाहेक अरू के नै गर्न सक्छ र ? यो प्रश्नको जवाफ अहिले कसैसँग छैन। किनभने रोग अहिले बढ्दो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here