प्रस, वीरगंज, ९ वैशाख/
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा वीरगंज महानगरपालिकामा दुई चरणमा करीब ६ सय करोडको ठेक्का लिएर सडक, नाला, पूmटपाथ निर्माण कार्य गर्दै आएको कालिका कन्स्ट्रक्शनको काम पनि कमसल देखिएको छ।
पहिलो चरणमा सम्पन्न मझौला शहरी एकीकृत वातावरणीय सुधार आयोजना र अहिले क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गतका योजनाहरूमा कालिकाले बाइपास, इनरबाइपास, रेलवे, सहायक बाइपास र महानगरपालिकाका विभिन्न वडामा सडक, पूmटपाथ र नाला निर्माण गरेको र गर्दै आइरहेको छ।
पहिलो चरणको कार्य सकेर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ भने अहिले निर्माणाधीन दोस्रो चरणको काम पनि अन्तिम अवस्थामा छ। तर यसबीच पुरानो कार्य सम्पन्न भएका स्थानमा कमसल काम भएको कारण अहिले सडक, नाला भत्किएका छन् भने दोस्रो चरणका काममा पनि ठाउँ–ठाउँमा काम बाँकी रहेको र सम्पन्न भएका काममा पनि त्रुटि देखिएका छन्। कतै कालोपत्र उप्केको छ, कतै नाला भासिएको छ भने कतै पूmटपाथ पनि भासिएको छ। सहायक बाइपासमा पहिलो चरणमा बनेका कालोपत्र सडक अधिकांश स्थानमा भत्किन थालेका छन्।
गण्डक बहुअरीका अजय पटेलले दोस्रो चरणमा बनेको बाइपास सडकमा आज बिहान परेको सानो पानीले सडक जलमग्न बनाएको बताए। सामान्य वर्षामा यो हबिगत छ भने ठूलो पानी पर्दा के हुन्छ ? उनले प्रश्न गरे। श्रीपुरटोलनजीक श्रीसिया नदीमा बनाएको सेप्mटी टयाङ्कीमा मुख्य नाला अहिलेसम्म जोडिएको छैन। सेप्mटी ट्याङ्कीदेखि पूर्वतर्फ पाँच सय मिटर भूमिगत नालाको समेत निर्माण सम्पन्न भएको छैन। परियोजनाका इन्जिनीयर शैलेन्द्र श्रेष्ठले वीरगंज समथर ठाउँ भएकोले नालाको पानी तान्न समय लाग्ने बताए। उनले पहिलो चरणको काम सम्पन्न भएको र दोस्रो चरणको काम भइरहेकाले भत्के, बिग्रेका संरचनाहरू ठेकेदार कम्पनीले मर्मत गर्ने बताए।