वीरगंजमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ। चैतको पहिलो साताबाट पिसिआर परीक्षण तीव्र भएसँगै नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट कोरोना सङ्क्रमित देखा पर्न थालेको हो। चैतको दोस्रो सातासम्म छिटपुटरूपमा सङ्क्रमित देखिएकामा अहिले आएर दैनिक ८० जनाभन्दा बढी नै सङ्क्रमितहरू देखिन थालेका छन्। गत तीन सातामा वीरगंजमा सङ्क्रमित केस यति विघ्न बढेको छ कि अहिले अस्पतालमा राखेर उपचार गर्न सकिने अवस्था छैन। घरमा आइसोलेट भएकाहरूलाई रायपरामर्शबाट वञ्चित भएका छन्। छिमेकी भारतमा कोरोनाको कहर बढेसँगै खुला सीमाको कारण पर्सा जिल्लामा सरोकारवालाहरू पूर्वतयारीमा जुटेका थिए। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले चैत १० गते नै बैठक गरेर सम्भावित दुर्घटना हुन नदिनका लागि विभिन्न निर्णय गरेका थिए। खुला सीमा रहेको स्थानमा हेल्पडेस्क राख्ने, भारतबाट आउनेहरूको विवरण राख्ने, भीडभाड हुने गरी कुनै काम नगर्ने, २५ जनाभन्दा बढी भेला भएर कुनै पनि पर्व, उत्सव, समारोह नगर्ने, पालिकास्तरमा क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्ने, निजी अस्पतालहरूले कुल शøयाको दश प्रतिशत सङ्क्रमितका लागि व्यवस्थापन गर्नुपर्ने, नारायणी अस्पतालमा आइसियू, आइसोलेशन र शङ्कास्पद बिरामी राख्नका लागि छुट्टै कक्षको व्यवस्था गर्ने, नेशनल मेडिकल कलेज कोरोना अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्नेलगायतका निर्णय गरेका थिए।

यो निर्णय गरुन्जेलसम्म वीरगंजमा कोरोना सङ्क्रमित सङ्ख्या दैनिकरूपमा बढेको थिएन। त्यतिखेर भएका निर्णयमध्ये शङ्कराचार्य प्रवेशद्वारमा थर्मलगन प्रयोग गरेर ज्वरो नाप्ने र भारतबाट आउनेहरूको विवरण सङ्कलन गर्नेसम्मका काम भए। नारायणी अस्पतालले आइसियू, आइसोलेशन र अब्जरभेशन कक्ष निर्माण ग–यो। त्यसपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक फेरिए। अर्थात् पर्साका नयाँ प्रजिअमा पीताम्बर अधिकारी आए। उनी आएपछिको अवस्थामा वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ। फेरि केन्द्रको बैठक बस्यो र पुरानै निर्णय दोहोरियो। तर यसपटक पनि कार्यान्वयन भने हुन सकेन। अहिले दिनानुदिन कोरोना सङ्क्रमित बढ्दो छ। तर केन्द्रले गरेका पूर्वतयारीका कार्यहरू कार्यान्वयनमा छैनन्। सङ्क्रमित हुनेहरूलाई आप्mनो स्रोतबाट चाँडो र अस्पताल अथवा यससम्बन्धी जानकारी दिने जिम्मेवारी लिएको वीरगंज महानगरपालिकाबाट ढिलो थाहा हुने गरेको छ। त्यसपछि असामान्य र सामान्य छुट्टयाउने संयन्त्र विकसित भएको छैन। जसले गर्दा आप्mनो अवस्थाको आकलन आफैंले गरेर घरमा बस्दा राम्रो हुन्छ कि अस्पताल भर्ना भएर सङ्क्रमित आफैं वा उनका परिवारजनले गर्नुपर्ने अवस्था छ।

दैनिक सङ्क्रमित पुष्टि भएका सूचनाबाहेक सङ्क्रमित भएकाहरूको अवस्था, उपचारमा कुनै जिम्मेवारी वहन गरिएकोे छैन। यसअघिको महामारीमा होमिएका नगरप्रमुख आफैं सङ्क्रमित भएको र त्यसपछि अस्पतालले दिनुपर्ने रु दश करोड महानगरपालिकालाई सोधभर्ना नगरेपछि अहिले अभियानमा नाम मात्रको संलग्नता देखाएका छन्। नारायणी अस्पताल सामान्य अवस्थामा बेथितिको शिकार रहँदै आएको कुरा जगजाहेर छ भने अहिले महामारीको बेला त्यहाँ सुधारको आशा गर्नु मूर्खताबाहेक केही होइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here