प्रस, पोखरिया, ८ वैशाख/
प्रदेशसभा सदस्य प्रह्लाद गिरी र मन्जुर अन्सारीले कङ्क्रिट ढलान सडक र शहीद चन्दन पटेल प्रवेशद्वारको बुधवार संयुक्तरूपमा शिलान्यास गरेका छन्। पोखरिया नगरपालिकामा निर्माण हुने सो सडक र प्रवेशद्वारको आज छुट्टाछुट्टै शिलान्यास गरिएको हो।

प्रदेशसभा सदस्य गिरी र अन्सारीले पोखरिया नगरपालिका–१ वनकटवामा प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा सय मिटर लम्बाइको कङ्क्रिट ढलान सडकको शिलान्यास गरेका थिए। यसैगरी, पोखरिया नपा–४ मा प्रदेश सरकारकै पाँच लाख रुपैयाँको लागतमा शहीद चन्दन पटेल प्रवेशद्वारको शिलान्यास गरेका थिए।
कार्यक्रममा उपप्रमुख सलमा खातुन, वडाध्यक्ष बङ्का राउत कुर्मी, जसपाका केस निजामुद्दीन समानी, राजनारायण कुर्मीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here