प्रस, बिरुवागुठी, ५ वैशाख/
पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारको विद्यालय व्यवस्थापन समिति गठन विवादका कारण स्थगित भएको छ ।

शिक्षा विकास समन्वय एकाइ पर्साका प्रतिनिधि मनोज चौधरीको अध्यक्षतामा हिजो सा“झ बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया शुरू भएपनि सहमति हुन नसकेर समिति गठन कार्य स्थगित गर्नुपरेको प्रधानाध्यापक मोहन चौधरीले बताए । अभिभावकबाट दुईजना पुरुष र दुईजना महिला रहने गरी चारजना समितिमा रहने व्यवस्था भएको तर अभिभावकको तर्फबाट समितिमा बस्ने आकाङ्क्षीहरू बढी भएपछि सहमति हुन नसकेर स्थगित गरिएको थियो । भेलामा कृत्रिम अभिभावक बनाएर समितिमा राख्न खोजिएको भनेर विवाद पनि भएको थियो । विद्यालयमा आप्mना बालबालिका अध्ययन नगर्नेहरूलाई पनि अभिभावक बनाइएको र उनीहरू नै समितिमा बस्नका लागि त“छाडमछाडमा लागेकाले सहमति बन्न नसकेको अभिभावक शम्भुदास थारूले आरोप लगाए ।

यसअघि अभिभावक भेलामा शिक्षक महासङ्घ पर्सागढी नपाका अध्यक्ष रामबहादुर चौधरी, महासचिव राजिन्द्र चौधरी, राष्ट्रिय मावि मनवाका प्रअ चेतमनदास थारू, नेरा आधारभूत माविका प्रअ बिन्दादास थारू, पर्सागढी नपाका वडाध्यक्ष उद्धवबहादुर उप्रेती, एमालेका नेता गोकर्ण पाठक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तुदास थारूले भेला सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजन गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here