प्रस, परवानीपुर, ५ वैशाख/
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले वीरगंजमा कोरोना सम्बन्धमा आकस्मिक छलफल गरेका छन् ।

प्रदेश २ मा बढ्दै गइरहेको कोरोना महामारी नियन्त्रण गर्ने विषयमा उनले जिल्ला समन्वय समिति पर्सामा पर्सा र बाराका सुरक्षा प्रमुख, जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाहरूलाई सहभागी गराएर छलफल गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री गद्दीले विपद्को समयमा काम नगर्नेले पद तथा कुर्सीबाट राजीनामा दिनुपर्ने सुझाव दिए । उनले भने– “मैले पनि काम गर्न सकिन“, जनतालाई बचाउन सकिन“ भने राजीनामा दिन्छु । त्यसैले तपाईंहरू पनि काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुस् ।” उनले तलबभत्ता खाएर टुलुटुलु हेरेर बस्ने दिने पक्षमा आफू नरहेको बताउ“दै सबैले आआप्mनो जिम्मेवारीको काम इमानदारीपूर्वक गर्नैपर्ने बताए ।

मुख्यमन्त्री गद्दीले देशको प्रमुख प्रवेशद्वार वीरगंज भएकोले यहा“को नाकालाई व्यवस्थित बनाएर देशभरि सकारात्मक सन्देश प्रवाह गर्न पनि सुझाए । उनले अझै सशक्त र गम्भीर भएर लाग्न आग्रह गरे । उनले यसअघिको कोरोना नियन्त्रणमा आप्mनो प्रदेशले उत्कृष्ट काम गरेको दाबी पनि गरे । उनले यसअघिको अनुभवलाई अहिले प्रयोग गरेर उत्कृष्ट सेवा दिन आग्रह गरे ।

मुख्यमन्त्री गद्दीले गत कोरोनाको समयमा विनियोजित बजेट खर्च नगरेकोमा आक्रोश पोखे । एम्बुलेन्स, शववाहन खरीद गर्न दिएको बजेट विभिन्न बहानाबाजी गरेर खर्च भएन । बजेट फ्रिज हुनु राम्रो कुरा होइन । उनले कोरोनाको हकमा प्रदेश सरकार रकम दिन तयार रहेको र आवश्यक सामानहरूको माग गर्न आग्रह गरे । लेखेर प्रदेश सरकारस“ग माग गर्नुहोस्, हामी व्यवस्थापन मिलाउन तयार छौं ।

प्रदेश २ का मुख्यसचिव गोकर्णमणि दवाडीले कोरोना नियन्त्रणमा नेपाल–भारत सीमालाई व्यवस्थित पार्दै टेस्टिङ, टे«सिङ र ट्रिटमेन्टका साथै अन्य स्वास्थ्यका मापदण्डलाई पालना गरी जनतालाई सेवासुविधा प्रवाह गर्न सुझाए ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आफूले पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका सङ्क्रमितका लागि वीरगंजमा कोभिड अस्पताल, क्वारेन्टाइन सञ्चालन, पिसिआर मेशिन खरीद तथा अन्य शीर्षकमा गरेको खर्चमध्ये १० करोड रुपैया“ नारायणी अस्पतालले नदिएको गुनासो पोखे । उनले सङ्घ सरकारको स्वास्थ्य सचिवले नारायणी अस्पतालमा सो खर्चबापत रकम पठाइसके पनि अस्पतालका मेसुले सोको भुक्तानी दिन आलटाल गरिरहेको बताए । उनले यही कारणबाट यसपटक आप्mनो मन कोरोनामा सेवा गर्नबाट हटेको बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वीरगंज महानगरको बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका पर्सा सचिव श्याम पटेल, संविधानसभा सदस्य जयप्रकाश थारू, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेकपा माओवादी केन्द्रका नेता छोटेलाल यादवलगायतले आप्mना सुझाव दिएका थिए ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, श्री चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनज· राणा, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, बाराका प्रजिअ सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुर, स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here