प्रस, परवानीपुर, ५ वैशाख/
पर्सा, बारा र रौतहटसम्म फैलिएको गण्डक नहरको किनाराको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू खाली गराउने कार्य शुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बाराको सहयोग लिएर नारायणी सिंचाइ कार्यालय, वीरगंजले अतिक्रमण हटाउने अभियान शुरू गरेको कार्यालय प्रमुख प्रसुन मिश्रले बताए ।

हिजो फेटा गाउँपालिका–३ फेटा बजारबाट अतिक्रमण हटाउने कार्य शुरू भएको र त्यहाँ नहरको जग्गा अतिक्रमण गरेर बनेका घर, पसल, टहरा हटाइएको प्रमुख मिश्रले बताए । नारायणी सिंचाइ प्रणालीको मूल नहरको दक्षिणी र उत्तरी छेउको सर्भिस सडकमा बनाइएका करीब ४० भन्दा बढी घर, टहरा र पसलहरू डोजर लगाएर खाली गराइएको नारायणी सिंचाइ कार्यालयका इन्जिनीयर सुबोध श्रीवास्तवले बताए । सो क्षेत्र करीब तीन दशकदेखि अतिक्रमणको चपेटमा थियो । नहरको किनारा अतिक्रमणका कारण भत्किएको र हटाउन आग्रह गर्दा अटेर गरेपछि डोजरको प्रयोग गरेर हटाउनुपरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here