प्रस, पोखरिया, २ वैशाख/
पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले ग्रामीण भेगको समाचारलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
आकाश एफएमले बिहीवार पोखरियामा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी सदस्यहरूको सम्मानमा आयोजनामा गरेको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रौनियारले नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको नेतृत्व ग्रामीण भेगबाट पत्रकारिता शुरू गरेका अनुप तिवारीले लिएको हुँदा उनीलगायतका पत्रकारहरूलाई अबका दिनमा ग्रामीण क्षेत्रका समाचारलाई प्राथमिकता दिन आग्रह गरे। उनले विकास निर्माण र भ्रष्टाचारलगायतका मुद्दाहरूलाई निर्भीकतापूर्वक प्रकाशमा ल्याउन र विकास निर्माणको काममा सुझाव दिन आग्रह गरे।नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले आगामी दिनमा पत्रकारितामा शुद्धीकरण गर्ने बताए। उनले ठेकेदारी, व्यापारी पत्रकारितालाई मौलाउन नदिएर शुद्ध पत्रकारितातर्फ अग्रसरता देखाउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका नवनिर्वाचित अध्यक्ष्F अनुप तिवारीले आफू ग्रामीण क्षेत्रबाट पत्रकारिता गरेर पत्रकार महासङ्घको नेतृत्वमा पुगेको बताउँदै ग्रामीण क्षेत्रका समस्याहरूलाई निरन्तररूपमा उजागर गर्दै जाने बताए।
एफएमका अध्यक्ष्F लालबाबू बानियाँको अध्यक्ष्Fतामा सम्पन्न सम्मान समारोहमा जसपाका केन्द्रीय सदस्य नेजामुद्दीन समानी, रेडक्रस पोखरिया उपशाखाका उपसभापति भगवान कुर्मी, सशस्त्र प्रहरी निरीक्षक प्रमोद राय, पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष्F रामनारायण कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रदेश महासचिव बन्जारासहित पर्साका नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रौनियारले सम्मान गरेका िथए।
कार्यक्रममा स्वागत राजू साह र सहजीकरण नरेन्द्र साहले गरेका थिए।