प्रस, वीरगंज, २ वैशाख/
कोरोना सङ्क्रमणको कारण वीरगंज महानगरपालिकाले यही वैशाख २० गतेसम्म सबै परीक्षा सम्पन्न गर्न महानगर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गरेको छ। महानगर शिक्षा शाखाले जेठ ४ गतेदेखि हुने कक्षा ८ को बोर्ड परीक्षा यही वैशाख १२ गतेदेखि शुरू गर्न र अन्य सबै परीक्षा वैशाख २० गतेसम्म सम्पन्न हुने गरी कार्यतालिका बनाउन पत्रद्वारा निर्देशन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here