प्रस, वीरगंज, २ वैशाख/
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले बुधवार रौतहटको गौर राइस मिलको जग्गामा रङ्गशाला बनाउने सम्बन्धमा स्थलगत अवलोकन गरेका थिए। प्रदेश २ सरकारले गौर राइस मिलको जग्गामा आधुनिक रङ्गशाला निर्माणको लागि मुख्यमन्त्री गद्दीको उपस्थितिमा गौरमा बिहीवार सर्वपक्षीय भेलासमेत सम्पन्न गरेको छ।
भेलामा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, कृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेशसभा सदस्य किशोरी यादव, बाबुलाल साह, फूलबाबू, सचिव रामचन्द्र कँडेल, गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, रौतहटका प्रहरी प्रमुखहरू, जिल्ला नापी तथा मालपोत कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो।
विगतमा भूमाफियाले करोडौं मूल्यबराबरको गौर राइस मिलको जग्गा हडप्ने षड्यन्त्र गरेपछि प्रदेश सरकारले सो सार्वजनिक जग्गामा रङ्गशाला निर्माण गर्ने निर्णय गरेको मुख्यमन्त्री गद्दीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here