प्रस, पोखरिया, ३० चैत/
पर्सा जिल्लामा भारतीय कुखुराको आयात रोकिएको छैन। सरकारले पशुपक्षी आयातमा प्रतिबन्ध लगाएको र हालको अवस्थामा बर्डफ्लु तथा कोरोना सङ्क्रमण बढे पनि सीमा क्षेत्रमा अवैधरूपमा बोइलर कुखुराको आयात जारी छ।
सीमा क्षेत्रमा तैनाथ दुवैतर्फका सुरक्षाकर्मीहरूलाई आर्थिक प्रलोभनमा पारेर अहिले व्यापकरूपमा बोइलर कुखुरा नेपाल भित्रिंदै छ। भारतीय सीमा सिकटा, इनर्वा, भेलाही, भिष्वा, जानकी टोलालगायतका ठाउँबाट बिहान २ देखि ४ बजेसम्म र राति ९ देखि १२ बजेसम्म तस्करीको लागि समय प्रदान गरिएको स्रोतले जनाएको छ। अहिले पर्सा जिल्लामा बोइलर कुखुराको दाम दिनानुदिन बढ्दै छ। यहाँका फार्महरूमा कुखुराको उत्पादन कम र माग बढी भएको कारण भारतबाट आयात गर्ने क्रम रोकिएको छैन। पर्सा जिल्लामा रहेका करीब ५ सयभन्दा बढी फार्ममध्ये आधाभन्दा बढी कोरोनाको कारण गत वर्ष बन्द भइसकेका छन्। अहिले भएका फार्महरूले पनि लकडाउनको हल्ला र बर्डफ्लुको कारण उत्पादन बढाएका छैनन्। उत्पादन नबढेको तर माग नघटेको कारण कुखुराको मूल्य बढ्दो छ। कुखुरा मासु व्यवसायी सङ्घका अध्यक्ष फिरोज आलमले बोइलर कुखुराको मूल्य बढेको बताए। उनले फार्ममैं ज्यूँदो कुखुरा रु २२५ किलो भएकोले ग्राहकलाई तयारी कुखुरा प्रतिकिलो रु ४ सयमा बिक्री भइरहेको बताए। पर्साका ग्रामीण क्ष्Fेत्रमा अहिले रु ३८० प्रतिकिलोमा बोइलर कुखुरा बिक्री भइरहेको छ। वीरगंजलगायतका ठाउँबाट राजधानीमा कुखुरा जाने गर्छ।
अहिले राजधानीमा बोइलर कुखुरा प्रतिकिलो रु ४३० भएकोले यहाँका व्यवसायीले भारतबाट चोरबाटो भिœयाएका अधिकांश बोइलर कुखुरा काठमाडौं पु–याउने गरेका छन्। वीरगंजलगायतका क्षेत्रभन्दा राजधानीमा बोइलर कुखुराको मूल्य बढी भएकोले व्यवसायीले त्यहाँ पठाउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here