प्रस, वीरगंज, ३१ चैत/
वीरगंज महानगरपालिकामा सय वर्ष नाघेका १० जना नागरिक रहेको तथ्याङ्कले देखाएको छ।
विभिन्न वडा कार्यालयको पञ्जिकरणबाट महानगरमा सयभन्दा बढी उमेरका १० जना नागरिक रहेको पाइएको हो। महानगरपालिकाले सयभन्दा बढी उमेरका यी नागरिकहरूको अभिलेखका लागि सम्बन्धित वडामा पत्राचार गरेको थियो।
सय वर्ष कटेका १० जनामध्ये तीनजना पुरुष र सातजना महिला छन्।
वीरगंज महानगर–१ की सायरा खातुन, वडा नं २० की कैलशिया कुम्हारिन, जोखनी अहरिन, वडा नं २३ का इनरदेव महतो कोइरी, वडा नं २६ की तिनेश्वरी कुर्मिन, नगिनादेवी गिरी, वडा नं २७ की बासमतीदेवी राजपूत, वडा नं २१ की तुरनी थरुइन, वडा नं ३२ का तुला माझी र विपत् राउत अहिर सय वर्षमाथिका नागरिक हुन्।
यिनीहरूमध्ये विपत् राउत अहिर, तुरनी थरुइन, इनरदेव महतो कोइरी १०५ वर्ष उमेरका हुन्।