प्रस, वीरगंज, ३१ चैत/
कोभिड सङ्कट व्यवस्थापन समिति, पर्साले पटक–पटक स्वास्थ्य मापदण्ड अपनाउन र घरबाहिर निस्किदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरे पनि सो आग्रहलाई सरकारी कार्यालयहरूले नै बेवास्ता गरेका छन्।
कोभिड सङ्कट व्यवस्थापन समिति रहेको जिल्ला प्रशासन कार्यालय, पर्सामैं स्वास्थ्य मापदण्ड अपनाइएको छैन। त्यहाँ पुग्ने सेवाग्राहीमध्ये अधिकांशले मास्क लगाउँदैनन्।पहिलो चरणको कोरोनाकालमा साबुन–पानीले हात धुने व्यवस्था गरिएको भएपनि कसैले पनि सो कार्य गर्दैनन्। पानीले भरिएको ट्याङ्की र साबुन त्यत्तिकै राखिएको छ। सामाजिक दूरीको कुरै भएन।
नागरिकता र राहदानीको लागि लाग्ने भीड पूर्ववत्रूपमा छ। यसैगरी, मालपोत कार्यालय पर्सा, नापी कार्यालय, यातायात कार्यालयलगायत भीड हुने सरकारी कार्यालयमा पनि स्वास्थ्य मापदण्ड अपनाइएको छैन।
साबुन–पानीले हात धुने व्यवस्था छैन भने मास्क नलगाएको पनि कसैले नियमन गर्दैन। भीडभाडका साथ सो कार्यालयहरूमा सेवाग्राहीहरूले काम गराइरहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here