प्रस, वीरगंज, ३० चैत/
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा प्राज्ञिक गोष्ठी क्याम्पसको सभाहलमा सोमवार सम्पन्न भयो।
गोष्ठीमा ठाकुर राम क्याम्पस इतिहास विभागका प्रमुख प्राडा वासुदेवलाल दासले ‘नेपाल–भारत सम्बन्धको ऐतिहासिकता–एक विवेचना’ शीर्षकमा आलेख प्रस्तुत गरेका थिए।
गोष्ठीमा जगदीशप्रसाद शर्माले आलेखमा उल्लेख भएको शीतल जल भएको नदी कुन हो भन्दै प्रश्न गरेका थिए।
प्राध्यापक डा वीरेन्द्र मिश्रले यस्ता कार्यक्रममा नवपुस्ताको समेत सहभागिता हुनुपर्ने विचार व्यक्त गरे। त्यस्तै देवेन्द्र मिश्रले आलेखमा राजनीतिक पक्षसमेत समावेश हुनुपर्ने धारणा राखेका थिए। डा राजेन्द्र ठFकुर, शत्रुघ्न यादव, शिवनारायण साहलगायतले आलेखउपर आआफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले नवपुस्ताको सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका थिए। कार्यक्रममा १९ जना उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here