माधव तिमल्सिना, ठोरी, ३० चैत/
चैत २८ गते ठोरी गाउँपालिका–४ गोपीबस्तीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका युवकको सोमवार मृत्यु भएको छ।
२० वर्षीय मधु गोलेको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा निधन भएको हो। गत शनिवार साँझ ७ बजे वीरगंज–ठोरी हुलाकी सडकखण्डमा पर्ने ठोरी गापा–४ गोपीबस्तीमा पैदल हिंडिरहेका चारजना युवालाई मोटरसाइकलले ठक्कर दिएको थियो। सोही दिन घाइतेमध्ये १९ वर्षीय अभिषेक गोलेको ज्यान गएको थियो भने सञ्जय लामा र आनन्द परियार घाइते भएका थिए।
विजयबस्तीबाट जीराभवानी गापा–३, नौकाटोला जाँदै गरेको नौकाटोलाका रामसिंह राय थारू सवार ग.९प ९५८७ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक थारूसमेत घाइते भएका छन्।