कुमार रुपाखेती
एक वृक्ष समारूढा नाना वर्णाः विहङ्गमाः।
प्रभाते दशसु दिक्षु तत्रका परिदेवना।।
अर्थात् एकै रूखमा बसेका अनेकथरी चरा बिहान दश दिशामा लाग्छन् भने त्यसमा चिन्ता किन गर्नु। अहिले एमालेको हबिगत माथि उल्लिखित श्लोकसँग मिल्दोजुल्दो छ। अझ भन्ने हो भने एमालेको अवस्था रक्तबिज राक्षसझैं छ। जसको एक थोपा रगत भुइँमा खस्ने बित्तिकै अर्को रक्तबिज राक्षस उत्पत्ति भइहाल्छ। एमालेमा अहिले ओली, माधव र वामदेवहरूका रक्तबिजहरू खेमा–खेमामा सलबलाइरहेका देखिन्छन्। अहिले एमालेमा को नायक, को खलनायक छुट्याउनै गा–हो छ। भन्नेहरू त ओली, माधव दुवैमा खलनायकीको भूत सवार भएको भन्दछन्।
न पश्यति च जन्मान्धः कामान्घो नैव पश्चयति
न पश्यति मनोन्मत्तो स्वार्थी दोषान न पश्यति।।
अर्थात् जन्मान्धले देख्दैन, कामान्धले देख्दैन, मात्तेकाले पनि देख्दैन, त्यस्तै स्वार्थीले आफ्नो दोषहरू केही पनि देख्दैन। सन्दर्भ के हो भने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत आतङ्कवादीहरूले काठमाडौंबाट दिल्ली उडान भरेको इन्डियन एयरलाइन्सको प्लेन अपहरण गरेर अफगानिस्तानको कान्धाहार पु–याएर भारतमा बन्दी आफ्ना उग्रवादी साथीहरूलाई छुटाए अनि भारतीय प्लेन अपहरणमुक्त भयो। उग्रवादी, आतङ्ककारीहरूको सिको गर्दै नेपालका केही नेताहरू (मधेसवादी)ले रेशम चFैधरीलाई कैद मुक्त गरे मात्र ओली सरकारलाई समर्थन गर्ने बताएका छन्, जसमा ओलीको मोहर लाग्न मात्र बाँकी छ। जन्मान्ध, कामान्ध, मात्तेका, स्वार्थीहरूको समूहले भोलि रेशम चFैधरीहरूलाई रिहा गरे कसैले जिभ्रो टोक्नुपर्दैन।
परस्परस्य मर्माणि ये भाषान्ते नराधमाः।
त एवं विलयं यान्ति वल्मीको दर सर्पवत्।।
अर्थात् जो आआफ्नो भेद खोल्दै एकापसमा बाझ्छन्, ती मूर्खहरू दुलोभित्र र पेटमा पसेका सर्पझैं आफैं नष्ट हुन्छन्।
अहिले एमाले र माओवादीको अवस्था माथि उल्लिखित श्लोकसँग ठ्याक्कै मिल्छ। आपसी गाँड कोराकोरले एमाले र माओवादीहरू अब रित्तिने अवस्थामा पुगिसकेका छन्। यिनका दिक्दार लाग्दा वैरागी कुरा सुनेर आम जनता यिनको चर्तिकलामुक्त समाचारको खोजीमा देखिन्छन्।
त्यस्तै संस्कृतमा एउटा भनाइ यस प्रकार छः
दुर्जनं सज्जनं कर्तुमुपायो न हि भुतले
अपानं शतधा धौतं न श्रेष्ठ मिन्द्रियं यवेतू।।अर्थात् संसारमा दुर्जनलाई सज्जन बनाउने उपाय केही छैन। सयौंपटक धोए पनि गुदद्वार श्रेष्ठ इन्द्रिय बन्दैन। माथिको श्लोकले नेपाली नेताहरूको आचरणलाई देखाउँछ। हामीले जति ठूलो पदमा पु–याए पनि यिनले मुलुक र जनताप्रति घात नै गरेका छन्। साँच्चै गदाहालाई धोएर गाई बनाउन सकिंदैन।
शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे।
साधवो न हि सर्वत्र चन्दनं न वने वने।।
अर्थात् सबै पहाडमा मणि, सबै हात्तीमा मोती र सबै ठाउँमा सज्जन पाइँदैन र सबै जङ्गलमा चन्दन पनि हुँदैन। त्यसैगरी, जसलाई हामी देश विकास गर्ने नेता, हाम्रो रक्षा गर्ने सेवक ठानेका छौं। तर उनीहरूको आचरण ठीक हाम्रो सोचाइको विपरीत छ।
दुर्जनस्थ च सर्पऽय वरंसर्पो न दुर्जनः।
सर्पो दशंति कालेन दुर्जनस्तु पदे पदे।।
अर्थात् दुर्जन र सर्पमध्ये सर्प असल हुन्छ। सर्पले काल आउँदा टोक्छ, दुर्जनले पाइलैपिच्छे ठुङिरहन्छ। नयाँ नेपालका नेताहरू सर्पभन्दा खतरनाक देखिन्छन्, जसले पाइलैपिच्छे डसिरहन्छ। ओली हटाऊ प्रकरणमा माधव, प्रचण्ड, काङ्ग्रेस र जसपाको अवस्था ‘पहले आप, पहले आप’मा अडकिएको छ। जसले गर्दा अविश्वासको प्रस्ताव संसद्मा पेश हुन सकेको छैन। त्यसैले ओलीले मनमौजीरूपमा फैसला लिइरहेका छन्। अनि काङ्ग्रेस जोखना हेर्दैछ, माधव नेपालहरूको अवस्था रमिते स्तरको छ भने कता गए बढी पाइन्छ भन्ने ध्याउन्नमा महन्थ ठाकुरहरू लागिपरेका छन्। यति विघ्न अवसर र महत्व त मधेसकेन्द्रित दलले न कहिले पायो, न पाउनेवाला छ। दुवै हातमा लड्डु परेका यिनीहरू पहिले कुन हातको खाउँ भन्ने रनभुल्लमा देखिन्छन्।
आफैं राँड, देशै भाँड भनेझैं एमाले ओली, एमाले माधवको रोग अहिले प्रदेश सरकारमा पनि सरेको छ। कोरोनाझैं टुटफुटको यो रोग बिस्तारै स्थानीय र वडा तहसम्म फैलिने स्पष्ट लक्षण देखिन थालेको छ। कम्युनिस्टहरूको घरझगडाले मुलुकमा भ्रष्टाचार र मनोमानीले टाउको उठाउन थालेको धेरै भइसक्यो।
त्यसो त संसद् पुनस्र्थापनापछि ल–याकलुरुक्क हुनुको साटो ओली झन् टाठाबाठा भएको बुझिन्छ। हुनत अलिकति रिस उठ्यो कि कम्युनिस्टहरू एकअर्कालाई केशरजङ्ग रायमाझीको उपमा दिन चुक्दैनन्। तर जेसुकै भएपनि अहिले जसरी कम्युनिस्ट भनाउँदाहरूले आफूलाई उपहासको पात्र बनाएका छन्, त्यस्तो त यिनको इतिहासमा कहींकतै देखिंदैन। अस्तु