पर्सा जिल्लाको वन पँmडानी नयाँ किसिमबाट हुन थालेको छ। जिल्लामा सक्रिय विभिन्न लघुवित्त संस्थाहरूबाट विभिन्न शीर्षकमा लिएको ऋण तिर्न नसक्नेहरूको ठूलो जमात अहिले वन पँmडानीमा लागेका छन्। बितेको एक वर्षदेखि कोरोनाको कारण दैनिक ज्याला मजदूरी गर्नेहरूलाई रोजगारको समस्या सृजना भएको छ। कोरोनाको कारण गत चैत ११ गतेदेखि देशभर लकडाउन भयो। कतिपय स्थानमा निषेधाज्ञा जारी भयो। करीब ६ महीनासम्म सबैखाले रोजगारका अवसरबाट मानिसहरू वञ्चित भए। अहिले कोरोनाको कहर पुनः वृद्धि हुने क्रममा छ। पछिल्लो चरणमा कोरोनाको कहर कमजोर भएसँगै बन्द उद्योग–व्यापार सञ्चालनमा आएर गति लिन नपाउँदै पुनः कोरोनाको नयाँ स्वरूप पनि देखिन थालेको छ। विदेश र छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ स्वरूप बढेको बढ्यै छ। कोरोनाको कारण भारतमा दैनिक सङ्क्रमित हुनेहरूको सङ्ख्याले कीर्तिमान बनाउँदैछ। पहिलो चरणको कोरोनाको क्रममा भारतमा एकै दिन ९७ हजार सङ्क्रमित सङ्ख्या पुगेको कीर्तिमान थियो भने दोस्रो चरणको कोरोनाले भारतमा एकै दिन डेढ लाख सङ्क्रमित थपेको कीर्तिमान बनेको छ। यही चैत २८ गते भारतमा अहिलेसम्मको सबैभन्दा बढी सङ्क्रमित थपिएको कीर्तिमान बनेको हो। चैतमा भारतमा यो कीर्तिमान दैनिकरूपमा बन्ने गरेकाले अबका दिनमा यो सङ्ख्यामा थप वृद्धि हुन सक्ने कुरालाई नकार्न सकिन्न। छिमेकी भारतमा कोरोनाको कहर बढेसँगै त्यहाँबाट नेपाल छिर्नेहरूमध्ये चैत २९ गतेसम्मको तथ्याङ्कबाट करीब दश प्रतिशतमा कोरोनाको सङ्क्रमण देखा परेको पाइएको छ। योसँगै केही महीनाअघि राजधानी केन्द्रित कोरोना अहिले फेरि देशभर क्रमशः फैलन शुरू भएको छ। हिजोको दिनसम्म सरकारका मन्त्रीहरूले लकडाउन हुँदैन भनेर भन्दै आएकामा अहिले प्रधानमन्त्रीले नै यथावस्था विद्यमान रहे लकडाउन हुन सक्ने सङ्केत दिएका छन्। यस अर्थमा फेरि लकडाउन हुने र रोजगारको समस्या आइपर्ने कुरालाई नकार्न सकिन्न। यो अवस्थामा पर्साको वन अझ बढी असुरक्षित हुन सक्छ। पर्सा जिल्लाका वन तस्करहरूबाट असुरक्षित रहँदै आएकोमा एक वर्षदेखि बैंकको ऋण लिएकाहरूबाट पनि असुरक्षित हुन थालेको हो। विभिन्न तथ्याङ्कले महिला ऋणीहरू पुरुषको तुलनामा ऋण तिर्ने कुरामा अग्रपङ्क्तिमा रहने गरेका छन्। पर्सामा पनि एक वर्षअगाडिसम्मको तथ्याङ्कले यो कुरालाई पुष्टि गर्छ। महिलाहरूले विभिन्न लघुवित्त बैंकहरूबाट लिएका ऋणहरू तिर्नका लागि पुरुष घरमूली भए उनीहरूलाई र महिला घरमूली भए आफैं ऋण तिर्न जागरूकता देखाउँदै आएका थिए। लिएको ऋण तिर्न कुनै कारणवश असमर्थ भएको खण्डमा ब्याजसम्म पनि तिर्नका लागि उनीहरूको उत्साहजनक सहभागिता हँुदै आएको हो।
तर कोरोनाको कारण पुरुष र महिलाहरू दुवै रोजगारविहीन भएकाले अहिले महिलाहरू सक्रिय भएर पनि यो भरपाई गर्न असमर्थ छन्। यही कारण हो लिएको ऋण तिर्न पुरुषहरूसँगै महिलाहरू पनि अहिले पर्साको वन पँmडानीमा सक्रिय भएका छन्। वन पँmडानी कुनै पनि कारणबाट होस्, त्यसलाई उचित मान्नै सकिन्न। वन पँmडानी रोक्ने जिम्मेवारी बोकेकाहरूले कुनै पनि बहानाबाजी गरेर आफ्नो दायित्वबाट वञ्चित हुन पाउँदैनन्। तसर्थ वन पँmडानी रोक्नेतर्फ योजनाबद्ध तरीकाबाट जिम्मेवारी बोकेका पक्ष सक्रिय हुनैपर्छ, हुनुप–यो पनि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here