प्रस, वीरगंज, २७ चैत/
लघु तथा वित्तीय संस्थाहरूले विनाधितो ऋण लगानी गर्न थालेपछि त्यसको असर राष्ट्रिय वनजङ्गलमा परेको छ। समूहगत उद्देश्यसहित विनाधितो ऋण लिएपछि ऋण तिर्न नसक्दा थुप्रै परिवार ऋणमा डुबेपछि बाध्य भएर रूख काट्ने र बेच्ने गरेको समाचार छ।
गाउँ–गाउँमा सेवा दिनका लागि खोलिएको लघुवित्त बैंकहरूले महिलाको समूह बनाइ विनाधितो ऋण दिने गरेपछि त्यसको असर राष्ट्रिय वनक्ष्ँेत्रमा परेको डिभिजन वन कार्यलय वीरगंजका वन अधिकृत रेयाज अन्सारीले बताए।
समूहमा लिएको ऋण उद्देश्यअनुरूप खर्च नगरी महिलाहरूले घर बनाउने, जग्गा किन्नमा लगानी गरेका छन्। ऋण तिर्न नसक्दा ऋणीहरूले राष्ट्रिय वन पँmडानी गर्न थालेको उनले बताए। अहिले एक्कासि राष्ट्रिय वन पँmडानीमा तीव्रता आएको उनको दाबी छ।
ससाना व्यापार वा पशुपालनका लागि लिएको ऋण जथाभावी खर्च गरेपछि किस्ता बुझाउन नसक्दा महिलाहरू जङ्गल प्रवेश गरी रूख काट्ने तथा बेच्ने गरेको अधिकृत अन्सारीको भनाइ छ। जनशक्तिको अभावमा वन संरक्षण गर्न नसकेका वनकर्मीहरूको लागि यो नयाँ समस्या थपिएको उनको भनाइ छ।
वनरक्षक मनोज पटेलका अनुसार रातिको समयमा तस्करहरूले वन पँmडानी गर्ने र दिउँसो महिलाहरूले गुजारा टार्न जङ्गल पँmडानी गर्ने गरेको बताए। जनशक्ति अभावमा आफूहरूले काम गरिरहेको बेला स्थानीय सरकार, सुरक्षाकर्मीसमेतले असहयोग गरेको कारण वनविनाशमा तीव्रता आएको पटेलले बताए।
वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरू समयमा किस्ता तिर्न नसक्दा बाध्य भएर रूख काटेर बच्ने गरेको बडनिहार पकडियाका रामरती देवीको भनाइ थियो। आफूले लिएको ऋण रकम पतिले रक्सी खाएर सिध्याएको र महीनाको दुईपटक किस्ता तिर्न कहाँबाट सकिने उनको भनाइ छ।
धोबिनी गाउँपालिका–३ गुलरियाकी राधिका देवीले लिएको रू २ लाख ऋण तिर्न गहनालगायत अन्य सम्पत्ति बेचेको बताइन्। उनले ऋण लिएर घर बनाउन लगानी गरेको तर किस्ता तिर्न मिटर ब्याजीसँग थप ऋण लिनुपरेको बताइन् । एकातिर मिटर ब्याजीको ब्याज र अर्कोतिर बैंकको ब्याज थपिंदै गएपछि झनै ऋणमा डुबेको उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here