प्रस, वीरगंज, २७ चैत/
रानीघाट छठ समितिले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउनुपर्ने माग गर्दै गरेको चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको छ ।
नगर क्षेत्र भएर बग्ने श्रीसिया नदी प्रदूषणमुक्त गर्न शुक्रवार दबाबस्वरूप रानीघाटका स्थानीयवासीले बिहान ८ देखि ९ बजेसम्म विरोध गरेका थिए । स्थानीयहरूले चक्काजाम गर्दा प्रहरीले ब्यानर खोस्नुका साथै बल प्रयोग गरेका थिए । समितिका अध्यक्ष सुरेन्द्रप्रसाद कुर्मीको अगुवाइमा पटक–पटक श्रीसिया नदी प्रदूषणमुक्त बनाउन बैठक, गोष्ठी, अन्तत्र्रिmया, धर्ना, हस्ताक्षर सङ्कलन गरी स्थानीय, प्रदेश र सङ्घ सरकारलाई दबाब दिए पनि कुनै सुनवाइ नभएको बताए ।