प्रस, वीरगंज, २७ चैत/
वीरगंजका पत्रकार महेश दास प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट सम्मानित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पत्रकार दासलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो मानपदवीबाट पुरस्कृत गरेकी हुन् । देशका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई संविधान तथा राष्ट्रिय दिवसको अवसरमा २०७६ भदौ ३१ गतेको निर्णय अनुसार ४५० जनालाई पुरस्कृत गर्ने घोषणा भएकोमा कोभिड–१९ को कारण शुक्रवार कार्यक्रम आयोजना गरी सम्मानित गरिएको हो ।
सम्मानित हुनेमध्ये दास वीरगंजका पत्रकार हुन् र हाल उनी माउन्टेन टेलिभिजनको प्रदेश २ का ब्युरो प्रमुख हुन् ।