राष्ट्रिय जनगणनाबारे सचेतना गोष्ठी

0

प्रस, वीरगंज, २७ चैत/
राष्ट्रिय जनगणना २०७८ जिल्लास्तरीय सचेतना गोष्ठी शुक्रवार जिल्ला प्रशासन कार्यालयको कर्मचारी मिलन केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।
गोष्ठीमा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले राष्ट्रिय जनगणना कार्यक्रम महŒवपूर्ण भएकोले सबै नागरिकलाई सहभागी हुन अनुरोध गरे । उनले देशको विकासमा यस प्रकारको कार्यक्रम आवश्यक भएकोले अभियानलाई सफल पार्न आग्रह गरे ।
गोष्ठीमा पर्सा जिल्लाका १४ वटै स्थानीय तहका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो । गोष्ठीको अध्यक्षता पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले गरेका
थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here