प्रस, वीरगंज, २७ चैत/
रक्तसञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएपछि नेशनल इन्फोटेक कलेज वीरगंजले शुक्रवार रक्तदान कार्यक्रम गरेको छ।
रक्तदान कार्यक्रममा १७ जना महिलासहित १८७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । कलेजमा आयोजित रक्तदान कार्यक्रममा आर्या तिवारी, सोनी पटेल, ममता गुप्ता, रेशमी गुप्ता, कञ्चन चौधरी, काजल जैसवाल, प्रियङ्का यादव, नीरज रौनियार, आर्यन सिंह, दीपक कुमार, शरद सुवेदी, चन्दन राम, श्याम राम, सागर चौधरी, नीरज गुप्तालगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here