प्रस, बिरुवागुठी, २६ चैत/
पर्सागढी नगरपालिका–३ स्थित प्रहरी चौकी बडनिहारले विभिन्न समयमा बरामद गरेको सालको गोलिया बिक्री गरेको रहस्य खुलेको छ।
प्रहरी चौकीमा राखिएको सालको गोलिया होली पर्वको समयमा प्रहरीले बिक्री गरेको समाचार स्रोतले जनाएको छ। विभिन्न समयमा पक्राउ गरी प्रहरी चौकीको प्राङ्गणमा राखिएका १३ थान सालको गोलियामध्ये ४ थान सालको गोलिया होलीको दिन राति प्रहरी चौकीनजीक सञ्चालनमा रहेको अवैध फर्निचर उद्योगमा बिक्री गरिएको स्थानीयवासीले बताएका छन्।प्रहरी चौकीले बरामद गरेको काठ र साइकल नजीकको वन कार्यालयमा बुझाउनुपर्ने हुन्छ तर प्रहरीले आफ्नो स्वार्थको लागि वन कार्यालयमा नबुझाइ रातिको समयमा फर्निचर उद्योगमा बिक्री गर्ने गरेको आरोप छ।
यसबारेमा प्रहरी चौकी बडनिहारका इन्चार्ज विनोदमान सिंहले काठ बिक्री नगरेको, प्रहरी चौकीको लागि खाट बनाउन फर्निचर उद्योगमा दिएको बताएका छन्। डिभिजन वन कार्यालय, पर्साका निमित्त वन प्रमुख फरमान मियाँका अनुसार प्रहरी चौकीबाट काठ बिक्री गर्ने जोकोहीलाई पनि कारबाई गर्ने बताएका छन्।