प्रस, पर्सागढी, २६ चैत/
पर्सागढी नगरपालिकाको वडा नं. ३ र ४ मा लगाइएको मकैबालीमा गाबारो कीराले क्षति पु–याएको छ।
कीराको कारण मकैको पातमा छिद्र हुने, पात पहेंलो हुने र बोट नै सुक्ने गरेको किसानले बताए।
किसान रवि सिंहका अनुसार गबारो कीरा नियन्त्रणका लागि थुप्रै किसिमको औषधि छर्दा पनि कुनै फाइदा नभएको बताए।
यसबारेमा पर्सागढी नपा कृषि शाखा प्रमुख राजकुमार क्षत्रीले मकै खेती गरेका किसानहरूले मकैको बोटमा दाना नलागेसम्म फ्युरा डन थ्रीजी औषधि प्रयोग गर्न सल्लाह दिए। उनले यो फौजी कीरा भएको बताउँदै बालीमा कीरा लागेको सङ्केत पाउने बित्तिकै औषधिको प्रयोग गरेमात्र रोकथाम हुनसक्ने सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here