प्रस, वीरगंज, चैत २६/
नेपाल पत्रकार महासङ्घ प्रदेश २ को अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चको गठबन्धनका साझा उम्मेदवार राजेशकुमार कर्ण विजयी भएका छन्।
प्रेस मञ्चतर्फबाट सो प्यानलबाट अध्यक्ष्Fमा चुनाव लडेका कर्णले ३४६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वीले ३४२ मत ल्याए। चार मतान्तरले अध्यक्षमा कर्णले यादवलाई पराजित गरेका हुन्।
त्यसैगरी, मधेसी पत्रकार समाजतर्फबाट प्रदेश २ का अध्यक्ष जीतेन्द्रप्रसाद सिंहले ६१ मत ल्याए।
त्यसैगरी, प्रेस चौतारीबाट उपाध्यक्षका उम्मेदवार रामानन्दप्रसाद गुप्ताले ३६७ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राजु विश्वकर्माले ३४८ मत ल्याए। महिला उपाध्यक्षतर्फ प्रेस सङ्गठनकी ज्योति झा सर्वाधिक २९३ मत ल्याइ विजयी भएकी छन् भने मालाकुमारी कर्णले १८४ र रेणुकुमारी चौधरीले २६३ मत ल्याएका छन्। महासचिवमा वीरगंजका पत्रकार श्याम बन्जारा विजयी भएका छन्। उनले सर्वाधिक २७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अशोककुमार तिवारीले २५१ र ध्रुव साहले २२४ मत मात्र प्राप्त गर्न सके।
सचिवमा प्रेस युनियनका उम्मेदवारले बाजी मारे। युनियनका अजितकुमार सिंहले सर्वाधिक ३२६ मत ल्याइ विजयी भए भने आलोक पाण्डेले ८२ र प्रेस चौतारीका उम्मेदवारले ३२१ मत मात्र ल्याउन सके। सचिव समावेशीमा प्रेस मञ्चका भोला पासवानले २८५ मत ल्याइ विजयी भए भने उपेन्द्र यादवले २३२ र जीतलाल श्रेष्ठले १९४ मत मात्र ल्याउन सके।
कोषाध्यक्षमा सर्लाहीका पत्रकार विश्वनाथ ठाकुरले २७४ मत ल्याइ विजयी भए भने रमेश सुवेदीले १८१, शैलेन्द्रकुमार महतोले १८९ र मनोजकुमार मिश्रले १०६ मत ल्याए। खुल्ला सदस्यतर्फ बाराका पत्रकार महेश्वर अधिकारी ९४, अनिलकुमार तिवारी ७३, त्रिलोकीनाथ यादव ६३, मनोज तिमिल्सिना ५१, अजयकुमार साह ५९, शैलेन्द्र झा ५६ मत ल्याइ अग्रस्थानमा छन्।
समाचार तयार पार्दासम्म खुला सदस्यमा पर्साको मत जोड्न बाँकी रहेको र अन्य सदस्यहरूको पनि अन्तिम नतीजा नआएको बताइएको छ। बारा र धनुषाको मतपरिणाम जोडेर प्रदेश २ को निर्वाचन कार्यालय धनेषामा पठाउन ढिलाइ भएकोले बिहीवार अबेर राति सबैको नतीजा आउने बताइएको छ। प्रदेश २ बाट केन्द्रीय सदस्यमा रौतहटका पत्रकार शिव पुरी र वीरगंजका पत्रकार केसी लामिछानेको विजयी घोषणा हुन बाँकी छ।